Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मगर राष्ट्रिय मुक्ति मोर्चाको भेला

अमृत अधिकारी  पाल्पा, १६ जेठ - मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल मगराँत राज्यको प्रथम राज्य भेला विहिवार पाल्पामा सम्पन्न भएको छ । पश्चिमाञ्चल व्यूरो इन्चार्ज गम बहादुर श्रीस मगरको अध्यक्षतामा भएको भेलाले भदौ मसान्त भित्रमा राज्य सम्मेलन र ९ वटै जिल्लाको जिल्ला सम्मेलन गरेर आगामी केन्द्रिय सम्मेलनको तयारी गर्ने गरि भद्र बहादुर घर्ती मगरको संयोजकत्वमा २५ सदस्यीय राज्य सम्मेलन आयोजक समितिको गठन गरेको छ ।

 भेलाका प्रमुख अतिथि राष्ट्रिय मगर मुक्ति मोर्चाका केन्द्रिय सम्मेलन अयोजक समितिका संयोजक सन्तोष बुढा मगरले राज्य, जिल्ला सम्मेलन सम्पन्न गरेर राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो । विशिष्ठ अतिथि मोर्चाका सह–संयोजक बसन्त घर्ती मगर, किसान संघ (क्रान्तिकारी) का उपाध्यक्ष भूमिश्वर कँडेल, महासचिव नन्द बहादुर बुढा मगर, नेवा मुक्ति मोर्चाका केन्द्रीय सचिव मानध्वज श्रेष्ठ, जवस मोर्चाका फ्याक्सन इन्चार्ज चुरामणी वली लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल पश्चिमाञ्चल व्यूरो इन्चार्ज गम बहादुर श्रीस मगरको अध्यक्षतामा भएको भेलाको संचालन केन्द्रीय सदस्य गीर बहादुर थापा मगरले गर्नुभएको थियो ।

0 comments

तपाईंको प्रतिकृया