Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मंसिरमा पनि चुनाव हुर्दैंनः थापा

नरेश के सी  भैरहवा, १६ जेठ ।  प्रधान न्याधिसको नेतृत्वमा चुनावी सरकार गठन भएता पनि आगमी मंसिर महिनामा चुनाव हुन नसक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले आशंका व्यक्त गरेकाछन् ।

 अहिले सम्म निर्वाचनको मिती घोषणा नहुनु, ४ राजनैतिक दलको सिन्डीकेटले विभिन्न बहानामा चुनावलाई अवरोध गर्नु र सडक संघर्षमा रहेका केही राजनैतिक दललाई सहमति ल्याउन नसक्नु, निर्वाचन सम्बन्धि कानुन नबन्नुका कारणले गर्दा आगामी मंसिर महिना भित्र चुनाव हुने गम्भिर आशंका छ अध्यक्ष थापाले भने ।

 विहीवार भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आगामी चुनावमा राजसंस्था सहितको हिन्दू धर्मको एजेन्डालाई लिएर पार्टि चुनावी मैदानमा जाने बताए । उनले राष्ट्रिय जनशक्ति पार्टि र राप्रपाबीच भएको पार्टि एकिकरणको कुनै अर्थ नहुने पनि टिप्पणी गरेका छन् ।

0 comments

तपाईंको प्रतिकृया