Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
यौन हिंसा सम्बन्धि घटनाको आयोगले बयान लियो

नरेश के सी  भैरहवा १७ जेठ ।  जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीमा भएको यौन हिंसा सम्बन्धि घटनाको सम्बन्धमा राष्ट्रिय महिला आयोगले सम्बन्धित व्यक्तिहरुलाई बयान लिएको छ ।

आयोगले यौन हिंसाका आरोपीत रुपन्देही जिल्ला जनस्वास्थ्य प्रमुख महेश्वर श्रेष्ठ र यौन हिंसा पीडित मोहन तारा पछाईलाई आयोगकै कार्यलय काठमाण्डौंमा बोलाई बयान लिएको हो ।

आयोगले १६ गते श्रेष्ठ र १४ गते पछाईलाई मौखिक र लिखीत रुपमा बयान लिएको महिला आयोगले जनाएकोछ । यस अघि यस सम्बन्धमा छानविन गर्न स्वास्थय मन्त्रालयले २ सदस्यीय छानविन समिती गठन गरेको थियो ।मन्त्रालयका उपसचिव रामचन्द्र अधिकारी संयोजक र शाखा अधिकृत कमल ज्ञवाली सदस्य रहेको छानविन समितीले जिल्लामा छानविन गरी काठमाण्डौं फर्किसकेको छ ।

0 comments

तपाईंको प्रतिकृया