Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
निर्वाचन मैत्री मिती घोषणा हुन्छ ः रेग्मी

नरेश के सी    भैरहवा, ११ जेठ ।     मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले अब छिट्टै निर्वाचन मैत्री मिती घोषणा गरि संविधानसभाको सुनिश्चिता दिने बताएका छन् ।

२५५७ औ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०७० को अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा शनिवार भएको समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले सरकारको ध्यान संविधानसभाको निर्वाचन तर्फ केन्द्रित भएको जनाए ।

 अध्यक्ष रेग्मीले अहिलेको परिस्थीतिमा जिम्मेवारदलहरु विशेष गम्भिर हुनु जरुरी रहेकोले सबै दल जिम्मेवार ढंगले प्रस्तुत हुन उनले आग्रह गरेका छन् । लुम्बिनीको सम्बद्र्धन र प्रबद्र्धनमा सरकारले ध्यान पुर्याउनेमा उनले प्रतिबद्धता जनाउदै भने “ सरकारले क्षमताले भ्याएसम्म बजेटको सीमितता भित्र रहेर लुम्बिनीको विकास र प्रबद्र्धन गर्न सधै तयार छ । ” अध्यक्ष रेग्मीले बुद्धको अद्धितीय शान्तिको सन्देश विश्वको मार्गदर्शक भएको पनि बताउदै अहिंसा र शान्तिलाई अंगिकार गरेमा विश्व समुदाय समृद्धि तर्फ उन्मुख हुने उनको धाराण थियो ।

 समारोहमा बोल्दै लुम्बिनी विकास कोषका अध्यक्ष तथा बुद्धजयन्ती समारोहका सभाअध्यक्ष संस्कृति मन्त्रि रामकुमार श्रेष्ठले लुम्बिनीको विकास विस्तार र प्रबद्र्धनकोलागी सरकार कटिबद्ध भएको बताएका थिए । कार्यक्रममा कोषका उपाध्यक्ष आचार्य कर्मा सांगबो शेर्पाले लुम्बिनीको गुरुयोजना अनुसारको काम अहिले ७५ प्रतिशत सम्पन्न भएको बताएका थिए ।

उपाध्यक्ष शेर्पाले बुद्धलाई अझै पनि नेपालीहरुले सहि रुपमा चिन्न नसकेको बताउदै भने “ हामीले अझै बुद्धलाई चिन्न सकेनौ ।“ बुद्धलाई चिन्न नसकेकै कारण नेपालीहरु पछाडी परेको उनको तर्क थियो । कोषका सदस्य सचिव अजितमान तामांगको सञ्चालन तथा कोषाध्यक्ष ओम अर्यालको धन्यावाद ज्ञापन रहेको उक्त कार्यक्रममा लुम्बिनी प्रचार प्रसारमा सहयोग पुरयाएको भन्दै न्युज २४ का पत्रकार रवि लामिछाने, उक्त टेलिभिजनका अध्यक्ष अनिल जोसी, वेलकम इभेन्ट म्यानेजमेन्टका निर्मल पौडेल, पत्रकार चेतन पन्त, विज्ञान थापालाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

त्यसैगरी लुम्बिनी आसपासका ७ वटा गाविसका विद्यालयका उत्कृष्ट जेहेन्दार र विपन्न विद्यार्थिलाई पुरस्कृत समेत गरिएको थियो भने कोषका केही कर्मचारीलाई पनि कार्यदक्षताको आधारमा पुरस्कृत गरिएको थियो । कार्यक्रममा लुम्बिनीको विकास र प्रबद्र्धनकालागी होटल कसाईको तर्फबाट कोषका पदाधिकारीलाई १० लाख रुपैया सहयोग समेत भएको छ ।

0 comments

तपाईंको प्रतिकृया