टी ट्वान्टी बेस्ट अफ थ्री दृष्टिविहिन क्रिक्रेट प्रतियोगिता शुरु
कपिल ज्ञवाली बुटवल,जेठ १५ - दृष्टिविहिन क्रिक्रेट संघ लुम्बिनीको आयोजनामा बुधबारदेखि बुटवलमा टी ट्वान्टी बेस्ट अफ थ्री दृष्टिविहिन क्रिक्रेट प्रतियोगिता शुरु भएको छ ।प्रतियोगिता अन्तर्गत भएको पहिलो दिनको खेलमा ४ रनले रुपन्देही ११ विजयी भएको छ । पहिलो खेलमा रुपन्देही ११ ले लुम्बिनी ११ लाई १ सय ४६ रनको टार्गेटमा ८ विकेट गुमाएको थियो । दोस्रो खेलमा २० ओभर खेलेर रुपन्देही ११ ले १ सय ४२ रन पेश गरेको हो ।
टी ट्वान्टी अन्तर्गत दृष्टिविहिन खेलाडी विच गरिएको खेल शुक्रबारसम्म संचालन हुने छ । जिल्ला विकास समिति रुपन्देही र बुटवल नगरपालिकाको सहयोगमा दृष्टिविहिन खेलाडीहरुको मनोबल बढाउन प्रतियोगिता राखिएको दृष्टिविहिन क्रिक्रेट संघ लुम्बिनीका अध्यक्ष विमल पौडेले बताउनुभयो । विजयी समुहले नगद १० हजार सहित शिल्ड र प्रमाणपत्र पप्त गर्नेछन् । यो प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताका लापग छनौट गरिने समेत बताइएको छ ।

0 comments
तपाईंको प्रतिकृया