Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बेरोजगार युवाद्वारा अनिश्चितकालीन चक्काजाम आह्वान

काठमाडौं, २४ वैशाख – बेरोजगार युवाहरुको हक, हितका लागि देशभर जागरण अभियान सुरु गरेको बेरोजगार युवा संघ नेपालले बुधबारदेखि अनिश्चितकालीन चक्काजामको आह्वान गरेको छ । संघले पहिलो चरणमा पुर्व पश्चिम राजमार्ग र पृथ्वी राजमार्गमा चक्काजाम गर्ने जनाएको छ । पृथ्वी राजमार्ग अन्तरगतको चितवनदेखि थाङकोटसम्म र पूर्वपश्चिम राजमार्ग बाहेक अन्य स्थानमा भने चक्काजामको कुनै कार्यक्रम नभएको अध्यक्ष चन्द्रबहादुर थापा सागरले जानकारी दिए । उनका अनुसार पर्यटक, प्रेस, अस्पताल र अत्यावश्यक सवारी साधन निर्वाध रुपमा संचालन हुनेछन् । यस्तै मोटरसाइकल पनि चलाउन पाइनेछ । पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सरकार आफूहरुको माग सम्बोधन गर्न तत्पर नरहेको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघको भनाई छ । संघले सम्पूर्ण बेरोजगारहरुको तथ्यांक सार्वजनिक गन पर्र्ने, १ सय ५० दिनको रोजगार वा सो बराबरको भत्ता दिइनुपर्ने, योग्यताअनुसार ३ सय ६५ दिनकै रोजगार दिइनुपर्ने पर्ने माग सरकारसँग गरेको छ । सरकारले वेरोजगार युवाहरुको माग सम्बोधन नगरेसम्म बन्द जारी रहने संघको भनाई छ । युवाहरुको माग तत्काल सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने समेत संघले चेतावनी दिएको छ । बेरोजगार युवा संघको आन्दोलनका कारण खिलराज नेतृत्वको सरकार अप्ठ्यारोमा परेको छ । रेग्मी सरकारलाई माग सम्बोधन गर्न भन्दै संघले यही २० गतेसम्मको अल्टिमेटन दिएको थियो । यसैबीच देशको प्रमुख राजमार्गमा अनिश्चितकालीन चक्काजामको घोषणा गरिएपछि राजधानीमा अत्यावश्यक उपभोग्य सामग्रीको अभाव हुने संकेट देखिएको छ ।

0 comments

तपाईंको प्रतिकृया