सुन नपाएको भन्दै पाल्पाका सुन पसलेले पसल बन्द गरे
प्रकाश नेपाल पाल्पा १० जेठ । प्रयाप्त सुन नपाएको विरोधमा पाल्पाका सुनचादी व्यबसायले आफ्नो व्यापार व्यबसाय बन्द गरेका छन ।प्रयाप्तमात्रामा सहज र कानुनी तरीका बाट सुन उपलब्ध गराउन पाल्पा सुनचादी व्यबसायी संघको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पाल्पामा प्रमुख जिल्ला अधिकारी शिवराज जोशी संग माग गरेका छन । व्यबसायी संग सुन नभएकोले बाध्य भएर जेठ १० गते देखी १२ गते सम्म सुनचादी पसल बन्द गर्ने निर्यण संघले गरेको छ ।
पाल्पा जिल्ला लाई मासिक रुपमा केन्द्रिय बैक मार्फत १ किलो मात्र सुन उपलब्ध हुदै आएकोमा हप्तामा ३ किलो सुन उपलब्ध गराउनु पर्ने, जिल्लामा रहेका सरकारी वैकबाट सुन उपलब्ध गराउनु पर्ने, राज्यले सुनचादी व्यबसायी लाई शान्ती सुरक्षा प्रदान गर्नुपर्ने, जस्ता माग आफुहरुको रहेको पाल्पा सुनचादी व्यबसायी संघका अध्यक्ष राजेन्द्र मुनी शाक्यले बताए ।

0 comments
तपाईंको प्रतिकृया