खुल्लामञ्चमा ३३ दलको आमसभा
काठमाडौं, ३० वैशाख -सोमबारका लागि आहृवान गरेको नेपाल बन्द कार्यक्रम फिर्ता लिएको नेकपा-माओवादी सहितका ३३ दलले राजधानीको खुल्लामञ्चमा आमसभा गर्दै छ । दिउँसो हुने सभाबाट सरकार विरुद्धका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ ।आइतबार विज्ञप्तीमार्फत ३३ दलले बन्दको कार्यक्रम स्थगन गर्दै विरोधसभा गर्ने जनाएको थियो । यसैगरी ३३ दल सम्बद्ध जनवर्गीय सङ्गठनहरुले मंगलबार बिहान ९ देखि ११ बजेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने जनाइएको छ ।
अख्तियार प्रमुखमा नियुक्त कार्की भ्रष्टाचारी र जनआन्दोलन भाग २ दबाउन सक्रिए भएको दावीगर्दै ३३ दलीय मोर्चाले कार्कीको नियुक्ति खारेज, प्रमुख चार राजनीतिक शक्तिबीचको ११ बुँदे सहमति र २५ बुँदे बाधाअड्काउ फुकाउको विरोधगर्दै आज नेपाल बन्द गर्ने निर्णय यसअघि गरेको थियो । नेवार समुदायको चाड रातो मच्छिन्द्रनाथको जात्रा तथा विवाहको लगन परेकाले बन्द फिर्ता लिइएको दाबी गरेका थिए । तर, चौतर्फी दवावपछि बन्द फिर्ता लिइएको थियो ।

0 comments
तपाईंको प्रतिकृया