Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एतिहासिक पाणिनीमा जेसीजको पर्यटन गोष्ठी

कपिल ज्ञवाली बुटवल,१२ जेठ । अर्घाखा“चीको एतिहासिक स्थल पाणिनीमा बुटवल जेसीजले पर्यटन गोष्ठी गरेको छ ।

पाणिनीको ऐतिहासिक महत्व बढी रहेकाले त्यसको विकासमा टेवा पु¥याउदै पर्यटन विकास गर्न गोष्ठी गरिएको जेसीजका अध्यक्ष गणेशचन्द्र पोखरेलले बताए । पाणिनी तपोभूमिमा गरिएको पर्यटन गोण्ठीमा रुपन्देहीका उद्योगी ब्यवसायी, पत्रकार तथा अर्घाखाचाी र पाल्पाका वासिन्दाहरुको सहभागिता रहेको थियो ।

 गोष्ठीमा बोल्नेहरुले पाणिनी तपोभूमिको संरक्षण गर्दै विकास गर्न सकेमा अर्घाखा“चीको मात्र नभएर देशकै पर्यटन विकासमा योगदान पुग्ने बताए । उनीहरुले बृहत गुरुयोजना बनाएर पाणिनीको विकास गर्नुपर्ने बताए । पाणिनीमा पाणिनी ऋषिको ठूलो मुर्ति बनाउनुपर्नेमा जोड पनि दिए । पाणिनी तपोभूमि संरक्षण सम्वद्धन समितिका अध्यक्ष रुद्र पोखरेले त्यस ठाउको ऐतिहासिक महत्वको प्रकास पारेका थिए ।

 कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व सभापति डीआर घिमिरेले पाणिनीको विकासका लागि बृहत गुरुयोजनाको खाचो औल्याए । कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष गणेशचन्द्र पोखरेल, बुटवल उद्योग वाणिज्य संघका विमलराज भट्टराई,रुपन्देही उद्योग संघका कृष्ण पराजुली, जेसीजका लालहरी पाण्डे, दिनेश श्रेष्ठलगायतले पाणिनीको महत्व तथा पर्यटन क्षेत्रका बारेमा चर्चा गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया