फुटबल महासंघलाई ६ हजार डलर जरिवाना
काठमाडौं ६ जेठ –एशियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल महासंघलाई ६ हजार डलर जरिवाना गरेको छ । एएफसी च्यालेन्ज कप छनोट फुटबलमा क्रममा बंगलादेशविरुद्धको खेलमा सुरक्षा कमजोरी भएको भन्दै एएफसीको अनुशासन कमिटीले जरिवाना तिराउने निर्णय गरेको हो ।
दशरथ रंगशालामा भएको खेलका क्रममा नेपाली समर्थकले विपक्षी खेलाडीलाई लक्षित गरी मोबाइल हानेका थिए । खेलमा नेपाल पराजित भएको थियो ।
अनुशासन आचार संहिचाको अनुच्छेद ६७ को १ र ३ उल्लंघन भएको कमिटीको ठहर छ । एएफसीले ३० दिनभित्र जरिवाना रकम बुझाउन भनेको छ भने भविश्यमा सुरक्षा कमजोरी नदोहोर्याउन समेत एन्फालाई सचेत गराएको छ ।
0 comments
तपाईंको प्रतिकृया