तीन दिन भित्र चुनावको मिति घोषणा हुने
काठमाडौं,१२ जेठ । सरकार र उच्चस्तरीय राजनीतिक समितिबीच तीन दिन भित्र चुनावको मिति घोषणा गर्ने सहमति भएको छ।अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी निवास बालुवाटारमा आज भएको सरकार र समितिबीचको बैठकमा तीन दिनभित्र चुनावको मिति घोषणा गर्ने सहमति भएको हो।
बैठकपछि तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तीन दिनभित्र चुनावको मिति घोषणा हुने जानकारी दिनुभयो। बैठकमा निर्वाचनसम्बन्धी कानुन, थ्रेस होल्डको व्यवस्था र संविधानसभा सदस्य संख्या लगायतका विषयमासमेत छलफल भएपनि सहमति भने हुन सकेन।
स्थानीय विकास तथा संघीय मामिलामन्त्री विद्याधर मल्लिकले भोलि बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकले गर्ने सिफारिशका आधारमा सरकारले निर्वाचन ऐन जारी गरी निर्वाचनको मिति घोषणा गर्ने बताउनुभयो। बैठकमा असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन सरकारले गरेको प्रयासका बारेमा पनि छलफल भएको थियो।

0 comments
तपाईंको प्रतिकृया