नेपालमा राजनीति भन्दा खेल क्षेत्रले प्रगति गरेको छ- प्रचण्ड
काठमाडौं १२ जेठ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रले देशको पहिचानलाई विश्वव्यापी बनाएको बताउदै नेपालमा राजनीति भन्दा खेलक्षेत्रले प्रगति गरेको बताउनुभएको छ।
दोस्रो इन्डो नेपाल वादोरियो करांते प्रतियोगिताको आज काठमाडौंमा उद्घाटन गर्दै उहांले दलहरु पछि परिरहेको बेला खेलक्षेत्रले फड्को मारेको बताउनुभयो। उहांले क्रिकेट र करांतेको सफलता नेपालका लागि गौरवको विषय रहेकोसमेत बताउनुभयो।
सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले खेलकुदको विकासका लागि अझै धेरै काम गर्न बांकी रहेको बताउनुभयो। नेपाल वादोरियो करांते डो संघको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी २ सय भन्दा बढी खेलाडी सहभागी रहेका छन्।
0 comments
तपाईंको प्रतिकृया