सर्पको डसाइबाट पूजारीको मृत्यु
विरगन्ज ६ जेठ –पर्साको सुवर्णपुरमा गएराति विषालु सर्पको डसाइबाट एक स्थानीय मन्दिरका पूजारीको ज्यान गएको छ ।
श्री कृष्ण प्रर्णामी मन्दिरका पूजारी लक्ष्मी लामाको विषालु सर्पको डसाइबाट ज्यान गएको स्थानीयवासीले जानकारी दिएका छन् ।
सुवर्णपुर गाउँबाट मन्दिरतर्फ जाने क्रममा लामालाई सर्पले डसेर उनी गम्भीर बिरामी भएका थिए । गम्भीर अवस्थामा रहेका लामालाई उपचारका लागि सुवर्णपुर स्वास्थ्य चौकीमा लगिएकोमा राति नै मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
0 comments
तपाईंको प्रतिकृया