Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बन्दका कारण रुपन्देहीको जनजिवन प्रभावित

नरेश के सी  भैरहवा१६ जेठ  ।  नेकपा–माओवादीले आह्वान गरेको रुपन्देही बन्दको प्रभाव जिल्ला सदरमुकाम भैरहवामा पनि परेको छ । बन्दका कारण यहाको जनजिवन प्रत्यक्ष प्रभावित भएकोछ ।

बन्दका कारण यहाका शैक्षिक संस्था, बजार ठप्प छ भने लामो तथा छोटो दूरीका सवारीका साधन चलेका छैनन । बन्द सफल गराउन भैरहवाको बुद्धचोक , लुम्बिनी गेटमा पार्टिका नेता तथा कार्यकर्ता चौंकमा उपस्थित भएकाछन् ।

सोही क्रममा बन्दमा उत्रिएका पार्टिका नगर सेक्रेटरी मोजीव अलि मुसलमान लगायतलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यलय भैरहवामा राखेकोछ । पार्टिले आफ्ना जिल्ला स्तरीय नेता परदेशी यादवलाई प्रहरीले रिहा नगरेको भन्दै आज बन्दको आहवन गरेको हो ।

यादवलाई रुपन्देहीको धकधइमा जेठ ९ गते फोटोसहितको मतदाता तथा नागरिता वितरण गर्ने क्रममा सरकारी धुम्ती शिविरमा खटिए कर्मचारीलाई धम्काएको आरोपमा पक्राउ गरेको हो ।

0 comments

तपाईंको प्रतिकृया