गायक रामकृष्ण ढकालको घरजग्गा लिलामीमा
काठमाडौं, १९ वैशाख –नेपाली सुगम संगीतका चर्चित गायक रामकृष्ण ढकालको घरजग्गा लिलामीमा परेको छ । ललितपुरको श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट जग्गा धरौटीमा राखेर लिएको ऋण पटक–पटक ताकेता गर्दा समेत नतिरेपछि लिलामीमा परेको हो ।सहकारीले बिहीबार एक राष्ट्रिय दैनिकमा निकालेको सुचना अनुसार ढकाल पत्नी निलम शाह ढकालको नाममा रहेको ललितपुर सैंबुस्थित जग्गा लिलामीमा परेको हो । सैवु गाविस–८ मा कित्ता नं. ३९२, ३९३ को ८७.४४, २००.७१ वर्गमिटर क्षेत्रफलमा फैलिएको जग्गामा घर समेत निर्माण गरिएको छ ।
ढकालले समयमै कर्जा नतिरेको, ब्याज नतिरेको, र सुचना प्रकाशित गरेरै सुचना दिँदा पनि वास्ता नगरेको कारण ३५ दिने सुचना निकाल्दै आगामी जेष्ठ २३ गते ढकालको जग्गा लिलामी गर्न लागिएको सहकारीले जनाएको छ । पत्नी निलमले लिएको ऋणको जमानत गायक ढकाल बसेको ढकाल दम्पत्तीको तस्बीरसहित छापिएको सुचनामा उल्लेख छ ।

0 comments
तपाईंको प्रतिकृया