Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमालेको अभियान सिद्धार्थनगरमा

नरेश के सी   भैरहवा जेठ १७ । नेकपा एमाले केन्द्रिय कमिटीले पारित गरी सञ्चालन गरेको अभियानले देशव्यापी तिब्रता पाएकोछ । यसैबीच एमालेको जागरण तथा पार्टी परिचालन अभियान जिल्ला सदरमुकाम भैरहवा अवस्थीत सिद्धार्थनगर नगरपालिकामा पनि सुरु भएको छ ।

एक महिने अभियानमा एमालेका केन्द्रिय नेताहरु नेत्र पन्थी, गोपिरमण उपाध्याय,पुष्पान्जलि उपाध्याय र आदित्यनारायण कसौधन नगरको घरदैलोमा पुग्ने जनाईएकोछ । यसैबीच नगरमा अभियान सञ्चान गर्नकालागी शुक्रबार एमाले नगर कमिटी सिद्धार्थनगरको बैठक मदन आश्रित भवन भैरहवामा सम्पन्न भएकोछ । नगर अध्यक्ष उमा काफ्लेको अध्यक्षतामा तथा एमाले पोलिटब्युरो सदस्य छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकले नगरमा अभियान सञ्चालनको लागी आवश्यक रणनिती, कार्यनिती र योजना तर्जुमा गरेको नगरसचिव तारापति भण्डारीले जनाए ।

असारको पहिलो हप्ता सम्म नगरका प्रत्येक घर घरमा गई एमालेको आगमी कार्यदिशा, संविधानसभा, र समसामायीक राजनितीक एवं विविध परिवेशमा प्रकास पार्दै एमालेमा जनता संगठीत गर्दै लैजाने कार्ययोजना अनुसार अभियान सुचारु गरिने तथा एक महिनाको अभियानको कार्ययोजना र उद्देश्यबारे ए बैठकमा एमाले केन्द्रिय सदस्य नेत्र पन्थिले प्रकास पारेका थिए ।

 बैठकमा एमाले पोलिटब्युरो सदस्य विश्वकर्माले आगमी संविधान सभा निर्वाचनमा एमाले मुलुकको पहिलो शक्ति बन्ने तर्क पेस गर्दै स्थानिय नेता कार्यकर्ताहरु जनताको घरदैलोमा पुगी एमालेमाथी लगाईको भ्रमलाई चिर्दै अगाडी बढ्ना निर्देशन दिएका थिए ।

 बैठकमा एमाले राष्ट्रिय प्रतिनिधी परिषद सदस्य पुस्पाञ्जली उपाध्यय, जिल्ला सचिव तुलसी चौधरी, जिल्ला उपसचिव राजेन्द्र पन्थि, जिल्ला सचिवालय सदस्य हितराज पन्थि, जिल्ला सदस्य तथा नगर इन्चार्ज जीवलाल अर्याल, जिल्ला सदस्य विष्णु पन्थि, क्षेत्र नं २ का अध्यक्ष भरत कुमार पोखरेल, क्षेत्रीय सचिव धुव्र अधिकारी, नगर उपाध्यक्ष राम बहादुर श्रेष्ठ, अर्जुन गिरी लगायतले समसामायीक राजनिती र एमालेको भुमीकाका बारेमा प्रकास पारेका थिए । बैठकमा उपस्थित नगर कमिटी सदस्य तथा पदाधिकारीले सम्बन्धित वार्ड, विभाग र फाटको सम्बन्धमा रिर्पोटिंग गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया