Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
उन्नत जातको खेतीमा कृषकको आकर्षण

  प्रकास नेपाल   पाल्पा २ जेष्ठ ।    परम्परागत स्वरुप र शैलीमा मकै खेती गरेका कृहषकहरुले यतीखेर उननत जातको बिउको प्रयोग गरी आधुनीक प्रणालीबाट खेती गर्ने प्रणालीको बिकास गरेका छन ।

 स्थानिय जातको बिउको प्रयोग गरी खेती गरेका कृषकहरुले उननत जातको पहिलो पुस्ताको मनकामना बिउको प्रयोग गरी खेत ीगर्न लागे पछी उत्पादनमा दोब्बर फाईदा लिन सफल भएका छन । जिल्ला कृषी बिकास कार्यालयको आर्थिक तथा प्राबिधिक सहयोगमा जिल्लाको मदनपोखरा, पोखराथोक ठिमुरे, तानसेन नगरपालिका क्षेत्रका कृषकहरुले उननत जातको मकैको खेती गरेर बिउ बिक्रीबाट समेत मनग्गे आम्दानी गर्न पाउदा दंग छन । पोखराथोक गाउ बिकास समितीका सबै कृषकहरुले परम्परागत बिउको प्रयोग छाडेर उन्नत जातको बिउको प्रायोग थालेका छन ।

पाँच बर्ष देखी उन्नत जातको बिउको प्रयोग गरेका कृषक छबिलाल गैरे भन्छन उत्पादनमा दोब्बर बृद्धी भएकै कारणबाट उन्नत जातको बिउ तर्फ कृषकहरुको आकर्षण बढेको हो । उत्पादनमा बृद्धी, स्वादिलो, बिउको बिक्रीबाट समेत प्रशस्त आम्दानी गर्न सफल भएको अर्का कृषक नरेश नेपाल बताउछन । स्थानिय जातको बिउको प्रयोग गर्दा एक हेक्टरमा दुई मेट्रिक टन उत्पादन हुन्छ भने उन्नत जातको बिउको प्रयोग गर्दा प्रती हेक्टर पाँच मेट्रिक टन समम उत्पादन हुने गरेको स्वयम कृषकहरुको अनुभव छ ।

 उन्नत जातको बिउको प्रयोग गरी खेती गर्नु पर्छ भन्ने चेतनाको संबाहक फैलाउने अगुवा कृषक रेश्मिराज गैरे भनछन “उन्नत जातको बिउमा उत्पादन क्षमता बढी हुने साथै पुरानो जातको बिउ बिक्रीबाट दुई हजार मात्र हात पार्न सकिने तर उननत जातको बिउ बिक्रीबाट १५ हजार भन्दा बढी आम्दानी हुने उनको अनुभव छ । जिल्ला कृषी बिकास कार्यालयका कृषी प्रसार अधिकृत थर्क जिसी भन्छन मध्य पहाडी क्षेत्रमा मनकामना जातको बिउ अत्यन्त उपयोगी ठहरीएको छ ।

जिल्लामा १५० भन्दा बढी कृषकहरुले बिउको उत्पादनका दागी मात्र खेती गरिरहेका छन । यस बर्ष मात्र कृषकहरुबाट उतपादित उननत जातको बिउ बिस मेट्रिक टन भन्दा बढी निकासी भएको छ । यहा उत्पादित बिउ नेपालका बिभिन्न जिल्लाहरुमा निर्यात हुने गर्दछ ।

0 comments

तपाईंको प्रतिकृया