कार्यलयमै यौन प्रस्ताव गर्ने जनस्वास्थ्य प्रमुख विरुद्ध पीडित महिलाद्धारा उजुरी
नरेश के सी भैरहवा २४ बैषाख । कार्यालय प्रमुख बाट नै यौन दुव्र्यवहारमा परेकी महिलाले जिल्ला प्रसाशन कार्यालय रुपन्देही लगाएत बिभिन्न महिलाबादी संघ सस्थामा न्याय र सुरक्षाका लागी भन्दै निबेदन दिएकी छन् ।जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही अन्तरगर्त पव्लीक हेल्थमा काम गर्ने रिता क्षेत्री (नाम परिवर्तन) महिला कर्मचारीलाई कार्यालय प्रमुख महेश्वर श्रेष्ठले यौन प्रस्ताप राखे पछी उत्पन्न बिवाद जिल्ला प्रशासन रुपन्देही तथा बिभिन्न महिलाबादी सघ सस्था सम्म पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यलयमा अधिकृत स्तरको तहमा काम गर्ने ती कर्मचारीलाई कार्यलय प्रमुख श्रेष्ठले सधै जसो यौन प्रस्ताव राख्ने र नमाने का कारण बिभिन्न बाहानामा दुःख दिने गरेको कुरा बाहिर आए पछि कार्यालय प्रमुख निकटका केही व्यक्तिले डर धम्की र त्रास दिने गरेको भन्दै उनले न्याय र सुरक्षाका लागी भन्दै निज महिलाले प्रशासन र महिलाबादी संघ सस्था गुहार्न परेको बताइकिछिन् । ती पिडीत महिलाले जिल्लामा क्रियासील सबै महिला अधिकारवादी संघसंस्था, राजनैतिक दल निकटका महिला संगठन तथा जिल्ला र नगर महिला समन्वय समितीमा समेत निवदेन दिएको बताईन ।
यसरी कार्यलय प्रमुखले नै आफु मातहातको कर्मचारीलाई यौन प्रस्ताव राख्ने नमानेको खण्डमा विभिन्न बहानामा दुखः दिने गरेकोप्रति रुपन्देही जिल्ला प्रसासन कार्यलयले चाासो देखाएकोछ । जिल्लाका सहायक सिडिओ कृष्ण प्रसाद खनालले यस सम्बन्धमा बुझी दोषीलाई आवश्यक कारबाहि गर्ने प्रतिक्रिया दिएकाछन् । उता आफ्नै कार्यलयमा कार्यरत कर्मचारीलाई यौन प्रस्ताव गरेको सम्बन्धमा जनस्वास्थ्य कार्यलयका प्रमुख महेश्वर श्रेष्ठ एकदमै आक्रोसीत भएको बुझिएको छ । उनले आफ्नी श्रीमति र आफु निकटका केही महिला कर्मचारीलाई सहयोग माग्दै आफुलाई बचाउन आग्रह गरेका छन् । उनलाई बचाऊन उनकै श्रीमति रागी श्रेष्ठले जनस्वास्थय कार्यलय मातहतका आफु र आफ्नो श्रीमान नजिकका महिला कर्मचारीलाई फोन गरि हाकीमको विरुद्धमा समाचार दिने स्रोत व्यक्तिलाई कडा कारबाही गर्न माग गर्नै भन्ने विज्ञप्तीमा हस्ताक्षर गर्न दबाब दिएकी छन् । आरोपीत कार्यलय प्रमुखले ट्रेड युनियनहरुसंग पनि गुहार मागेको बुझिएको छ ।
यद्यपी जनस्वास्थय कार्यलय अन्र्तगतका स्वास्थय कर्मिसंघका विष्णुबन्धु विनयी, अखिल नेपाल प्रगतीशिल जनस्वास्थ्य कर्मिसंघका दीपक ज्ञवाली, राष्ट्रिय स्वास्थय कर्मी संघका थानेश्वर खरेल, स्वास्थय कर्मी युनियनका टीकाराम घिमिरे, स्वास्थय प्राविधीक संघका बैकुन्ठ जीसी र स्वास्थ्यकर्मी फोरमका पिताम्बर यादवले संयुक्त हस्ताक्षर गर्दै समाचारमा आएको विषयवस्तुमा सत्यतथ्य छानविन गरि दोषीलाई कारवाही गर्न माग गरेकाछन् । यता कार्यलय प्रमुखले आफु निकटका जिल्ला स्थित सबै कर्मचारीलाई फोन गरि मंगलबार सबैलाई कार्यलयमा हाजिर हुन दबाब दिएको र आफ्नो पक्षमा बोल्न दबाब दिएको एक कर्मचारीले बताए ।
उता जिल्लामा कृयाशिल संघ सस्था , माइतीनेपाल, महिला विकास कार्यलय, बिभिन्न राजनितिकदलका महिला भातृ संगठन, नमुना एकिकृत लगाएतमा निबेदन दिएको बताउने पीडित महिलाले आफु एकल महिला भएकै कारण कार्यालय प्रमुखले यौनदुव्यवहार गरेको जनाइन् । कार्यलय प्रमुख भएपछि आफु मातहतका कर्मचारीलाई चाहेको कार्यक्षेत्रमा अदलबदल गर्न सक्ने हैसीयत भएपछि त्यसैको चरम दुरुपयोग गर्दै प्रमुख श्रेष्ठले महिला कर्मचारीमाथी यौन हिंसा गरेको आरोप महिला कर्मचारीहरुले नाम उल्लेख नगर्ने शर्तमा भनेका छन् । ”हामी महिला कर्मचारीलाई हाकिमले कयौंलाई सिधै त कयौंलाई घुमाउरो पाराले यौन प्रस्ताव राख्छन् नमाने बिभिन्न बाहना बनाई दुख दिने गर्छन ” एक महिला कर्मचारीले भनिन् ” के गर्नु हजुर देशभर महिलाहिंसा विरुद्धको आन्दोलन चर्किएको छ तर हामी महिला कर्मचारी आफ्नै हाकीमबाट शोषित हुदा पनि केहि गर्न सकिरहेका छैनौ । ”
हामीलाई यौन शोषणको प्रयास भयो भनेर बाहिर कुरा ल्याउदा महिला भएकैले यो समाजले हाम्रो चरित्रमा प्रश्न चिन्ह तेर्साउछ । त्यैपनि कत्ति सहने ? सधैभरी यहि मात्रै प्रमुख हुने त होइन होला , अर्को हाकिम आएपछि त राम्रै होला भनेर रात पछिको दिन कुरेर बसेको उनीहरुले बताए । विगत लामो समयदेखी सोही कार्यलयमा अधिकृत स्तरमा कार्यरत महिला कर्मचारी रिता क्षेत्रीले भनिन “उसले भनेको मान्ने महिला कर्मचारीलाई काम पनि सजिलो र अतिरिक्त आम्दानी हुने क्षेत्रमा खटाईदिन्छ तर नमान्ने कर्मचारीलाई दःुख खेप्नुपर्दछ ।” त्यति मात्र होइन आफ्ना नजिकका र भनेको मान्नेलाई पदीय हैसियतले कनिष्ट भएका कर्मचारीहरुलाई बरिष्ठ कर्मचारीलाई दिनुपर्ने महत्वपुर्ण काम तथा फाटको जिम्मावारी समेत प्रमुख श्रेष्ठले दिने गरेको कर्मचारीको आरोप छ । प्रमुख श्रेष्ठले कार्यलयमा काज एवं करारमा कर्मचारी राख्दा समेत महिला कर्मचारीमाथी गिद्धे दृष्टि लगाउने गरेको आरोप करारमा कार्यरत कर्मचारीले बताएका छन् ।
कार्यलय प्रमुख श्रेष्ठ यस अघि म्याग्दी जिल्लामा कार्यरत रहदा सोही कार्यलयमा कार्यरत स्टाफ नर्ससंग अनैतिक सम्बन्ध राखेको आरोपमा त्यहाबाट खेदिएका थिए । जसलाई सञ्चार माध्यमले उठान गरेका थिए । कार्यलय प्रमुख श्रेष्ठ यसअघि ०५४ सालमा कामु कार्यलय प्रमुख भएर भैरहवा रहदा पनि विवादीत बनेका थिए जसका कारण उनी भैरहवाबाट सरवा भई अन्यत्र जानु परेको थियो ।
यसरी आफ्नै कर्मचारी माथी बाराम्बार यौन हिंसाको प्रयास गर्ने हाकीमको रवैया देखेर महिला कर्मचारीहरु अत्यन्तै आतंकित भएका छन् । जिल्ला जनस्वास्थय कार्यलय रुपन्देहीमा ६ जना महिला कर्मचारी कार्यरत छन् भने जनस्वास्थयको मातहतमा डेढ सय भन्दा बढी स्थायी अस्थायी करार कर्मचारी महिला कर्मचारी कार्यरत रहेका छन् । यसरी पछिल्लो समयमा सरकारी कार्यलयहरु महिला मैत्रि भइरहेका छन् भनिरहेको वर्तमान परिवेशमा कार्यलय प्रमुखले नै यौन हिंसाको प्रयास गर्नुले सरोकारवालालाई पनि चुनौति दिएको छ ।

0 comments
तपाईंको प्रतिकृया