Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रचण्ड र कोइरालाबीच छलफल

काठमाडौं, २५ वैशाख – चाँडो चुनावको माहोल बनाउने विषयमा एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेसका प्रमुख नेताहरुबीच छलफल भएको छ ।

 आज बिहान कांग्रेस सभापति कोइराला निवास महाराजगन्जमा भएको छलफलमा चुनावी महोल बनाउने, असन्तुष्ट दलहरुसँग कुरो चलाउनेलगायतका विषयमा नेताहरु सहमत भएका छन् । एकीकृत माओवादी महासचिव पोष्टबहादुर बोगटीले उच्चस्तरीय राजनीतिक समितिको दुई दिन भित्र बैठक बसेर सरकारलाई चुनावको मिति तोक्न आग्रह गर्नेलगायत विषयमा नेताहरु सहमत भएको जानकारी दिए । छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष बाबुराम भट्टराई, महासचिव बोगटीसहितको पदाधिकारी टोली र काँग्रेस सभापति सुशीलकोइराला, महामन्त्री कृष्ण सिटौलालगायत सहभागि थिए ।

 माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति कोइरालाबीच यसअघि सोमबारै हुने भनिएको भेट दुवै नेताको व्यस्तताको कारण स्थगित भएको जनाएइको थियो ।

0 comments

तपाईंको प्रतिकृया