Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओबादीका कारण गणतन्त्र संस्थागत हुन सकेन ःज्ञवाली

कपिल ज्ञवाली   बुटवल,१५ जेठ -  नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रदीप ज्ञवालीले एमाओबादीका कारण गणतन्त्र संस्थागत हुन नसकेको बताउनुभएको छ ।

माओबादीले सत्ता कब्जाको रणनीति का कारण २०६२÷०६३ को जनआन्दोलनका उपलब्धि गुम्ने अबस्थामा पुगेको उहाको भनाइ छ । नेकपा एमाले क्षेत्र नं ३ रुपन्देहीद्धारा बुधबार शंकरनगरमा भएको छैंठो गणतन्त्र दिबसमको अबसरमा आयोजित बिचार गोष्ठिमा बोल्दै ज्ञवालीले माओबादीले बन्दुकको राजनीति बाहेक अरु केहि नजानेको उल्लेख गर्नुभयो ।

माओबादी नचाहदा नचाहदै पनि लोकतन्त्रान्त्रिक दलहरुको बलमा मुलुकमा गणतन्त्र आएको उहाको भनाइ छ । नेपालमा जनताको बहुदलिय जनबाद जस्तो सिद्धान्त सबैभन्दा बढि लोकप्रिय बन्दै गएको भन्दै ज्ञवालीले लोकतन्त्रको संस्थागतमा एमालको पनि केहि कमीकमजोरी रहेको स्बिकार्नुभयो ।

लोकतन्त्रको संस्थागतका लागि जतिसक्दो चाडो निर्बाचनमा जानुपर्ने बताउदै नेता ज्ञवालीले मंसिरमा पनि संबिधानसभाको चुनाव हुनेमा अझै ढुक्क हुने अबस्था नरहेको उल्लेख गर्नुभयो । एमालेका केन्द्रिय सदस्य घनश्याम भुसालले मुलुक निर्बाचन तर्फ होमिएकोले सबैलाई चुनावमा लाग्न आग्रह गर्नुभयो ।कार्यक्रममा अंचल सचिब खिमलाल भट्टराइले कार्यपत्र पेश गर्नुभयो ।

कार्यपत्रको डा मुरारी पराजुलीले टिप्पणी गर्नुभएको थियो । क्षेत्रिय अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका रुपन्देही जिल्ला पूर्व अध्यक्ष लिला गिरी,ऋषिराम भुसाल,बासुदेब घिमिरे लगायतले बोल्नुभएको थियो ।

0 comments

तपाईंको प्रतिकृया