दुर्घटनाको झूठो समाचार फैलाउने प्रहरी खोरमा

काठमाडौं ८ जेष्ठ । ओखलढुंगाको रानीवनमा हिजो हेलिकप्टर दुर्घटना भएको भन्दै झूठो समाचार फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्रेको छ ।
पक्राउ पर्ने रानीवन ५ निवासी राजकुमार श्रेष्ठ हुन् । श्रेष्ठले हेलिकप्टर दुर्घटना भएको खबर दिएपछि ओखलढुंगास्थित स्थानीय संवाददाताहरुले राजधानीस्थित समाचार केन्द्रहरुमा खबर पठाएका थिए ।
त्यसैका आधारमा जिल्लास्थित प्रहरी निकायहरुले पनि सूचनाको जानकारी गराएका थिए भने राजधानीबाट कतिपय संञ्चारमाध्यमले खबरसमेत प्रकाशन तथा प्रशारण गरेका थिए ।
उनैको सूचनाको आधारमा जिल्लाबाट सुरक्षाकर्मीहरु घटनास्थलमा उद्धारका लागि भन्दै गएका थिए । झूठो खबर दिएको अभियोगमा श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

0 comments
तपाईंको प्रतिकृया