Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अब रिक्सा चालकले चालक कार्ड भिर्नुपर्ने

 कपिल ज्ञवाली   बुटवल,जेठ १६ ।    रिक्सा धनी तथा रिक्सा चालक भलाई कोषले रुपन्देहीले जिल्ला सञ्चालित सबै रिक्सा चालकलाई चालक कार्ड अनिबार्य गरेको छ ।

 पछिल्लो समयमा रिक्सामा यात्रा गर्ने यात्रुहरुको सामान हराउने र समस्या देखिएकोले त्यसको अन्त्यका गर्नको लागि कोषले चालकलाई अनिवार्य कार्ड लागू गरेको कोषले जनाएको छ । कोषले बिहीबार बुटवलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी रिक्सा कार्ड प्रयोग गरिएको रिक्सामा मात्र सवार गर्न सुरक्षित यात्रा गर्न सबैसंग आग्रह गरेको छ । गत बैशाख १७ गते इलाका प्रहरी कार्यालय बुटवल र रिक्सा भलाई कोषबीच चालक कार्ड लागू गनुपर्ने सहमति भएको थियो ।

 रिक्सा धनी तथा भलाई कोष रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद तिवारीले चालक कार्डमा बुटवल नगरपालिकामा दर्ता भएको नम्बर हुने र सो नम्बर आफूले टिर्पोट गरेर यात्र गर्न आग्रह तिवारीले आग्रह गरे । साथै कोषले रोजगारीको खोजीमा रहेका युवाहरुलाई बस्ने र सुविधा सहित रिक्सा चालउनेलाई रोजगार समेत दिने कोषका सचिव गोपाल रिजालले बताए ।

उनले चालकहरुलाई कुनै दुर्घटनामा परे सम्पूर्ण उपचार खर्च कोष गर्ने व्यवस्था समेत मिलाएको जानकारी दिए । जिल्लामा २०४० रिक्सा व्यवसायी संघ दर्ता भएको थियो । भने २०५९ भलाई कोष खडा गरेको हो । हाल रुपन्देहीमा १९ सय ३५ रिक्सा सञ्चालनमा छन् । संघले रिक्सा चालउदा,मापसे गर्न नपाईने,यात्रा चालकले मनपारी रुपमा भाडा असुले कोषमा जानकारी दिनपर्ने,दुई जना भन्दा बढी यात्रु चढाउन नपाईने, दुई क्इन्टल भन्दा बढी सामान लोड गरी पाईएमा कोषले चालकलाई कारवाही गर्ने बताएको छ ।

0 comments

तपाईंको प्रतिकृया