Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
विजेता नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं,  २५ वैशाख -विश्व क्रिकेट लिग डिभिजन-थ्रीको उपाधी जितेको नेपाली क्रिकेट टोली बुधबार बर्मुडाबाट स्वदेश फर्केको छ । टोलीको भव्य स्वागत गरी नगर परिक्रमा गराइएको छ । साढे ९ राजधानी आइपुगेको टोलीको नगर परिक्रममा पछि राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वर खेलकुद मन्त्री रामकुमार श्रेष्ठ र सदस्य सचिव युवराज लामाले सम्मान तथा स्वागत गर्ने कार्यक्रम छ ।
टोलीलाई बाजागाजा सहित पन्चकन्याबाट स्वागत गराई गौशाला, रातोपुल, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, भृकुटीमण्डप, शहिद गेट, त्रिपुरेश्वर हुँदै राष्ट्रिय खेलकुद परिषदमा पुर्याइने छ ।

 परिषदको कार्यालयमा खेलकुद मन्त्री श्रेष्ठ र सदस्य सचिव लामाले खेलाडीलाई जनही ३ लाख ५० हजार रुपैयाँ सहित सम्मान गर्ने छन् ।

 बर्मुडामा विश्व क्रिकेट लीग डिभिजन-थ्रीको उपाधी भिडन्तमा नेपालले युगान्डालाई ५ विकेटले हराएको थियो । फाइनलमा पुगेसँगै नेपालले विश्वकप छनोट खेलमा स्थान सुरक्षित गरिसकेको छ ।

0 comments

तपाईंको प्रतिकृया