रोल्पा ३० वैशाख - रोल्पा कारागारबाट शनिबार राति सुरुङ खनेर भागेका आठ कैदीमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गैडा तस्करीका अर्जुन सेन, डाकाचोरीका आरोपी दिपक पुन र जवरजस्ती करणीका अभियुक्त चम्फे विक प्रहरी नियन्त्रणमा आएका हुन् । सेनलाई सातदोबाटो जंगलबाट र पुन र विकलाई माडीचौरबाट पक्राउ गरिएको हो । जिल्लाबाट विशेष रुपमा खटिएको प्रहरी टोलीले लुकिछिपी भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । अन्यको व्यापक खोजी भईरहेको प्रहरीले जनाएको छ । अन्य फरार कैदीमा राजबहादुर ओली, धुव्र डाँगी, वसन्त रोका, कृष्ण ओली र राजु थापा रहेका छन् । घटनाबारे सत्यतथ्य छानबिन गर्न मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले राप्ती अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिंहको संयोजकत्वमा छानबिन टोली गठन गरेको मध्यपश्चिम प्रहरी प्रमुख टपेन्द्रध्वज हमालले बताए। घटनाको खबर पाएलगत्तै आइतबार नै मध्यपश्चिम प्रहरी प्रमुख हमाल र राप्ती अञ्चल प्रहरी प्रमुख उत्तमबहादुर सिंह रोल्पा पुगेका थिए ।
फरार कैदी पक्राउ

0 comments
तपाईंको प्रतिकृया