अबैध काठ सहित ४ जना पक्राउ
कपिल ज्ञवाली बुटवल,जेठ- १५
अबैध रुपमा काठ लैजादै गरेको अबस्थामा प्रहरीले रुपन्देहीको दुधराक्षबाट ४ जना युवालाई नियन्त्रणमा लिएको छ ।इलाका प्रहरि कार्यालय सालझण्डीले सुराकीको आधारमा मंगलबार बेलुका दुधराक्ष गाबिस सुखौराका दिलिप थापा,अर्जुन घर्ति मगर,बुद्ध बहादुर सूर्यबंसी र झबिन्द्र बहादुर सुर्यबंसीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका ४ जनाबाट २७ दशमलब ४३ क्यूफिट काठ बरामद भएको इलाका प्रहरि कार्यालय सालझण्डीका प्रमुख बिश्वराज अधिकारीले जानकारी दिनुभयो ।
उनिहरुलाई बांसगढि रेन्जपोष्टमा बुझाइएको प्रहरीले बताएको छ । उता कपिलवस्तु प्रहरीले व्यवसायीक रुपमै चोरी कार्यमा संग्लन पांच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कपिलवस्तु जिल्लाको चन्द्रौटा कृष्णनगर क्षेत्रमा विगत तिन महिनामा ३ पटकसम्म चोरी गर्ने व्यवसायीक चोरीको गिरोहलाई सार्वजनिक गरेको हो । विगत केहिदिन यता दैनिकजसो चोरीका घटना बढेको जनगुनासो बढेपछि प्रहरीले आपनो सकृयता बढाई चोरी कार्यमा संग्लन ५ जना युवालाई पक्राउ गरी कार्रवाही अगाडी बढाएको छ ।
चोरी कार्यमा संग्लन हुनेमा कृष्णनगरका वर्ष १८ को आजम मुसलमान, बर्ष १९ को अफताव मुसलमान, वर्ष १९ कै नुरुद्धिन खान, वर्ष २१ तरिक खान र विरपुर चन्द्रौटाका कैयुम मुसलमान रहेको आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । सो अवसरमा प्रहरीले विभिन्न स्थानबाट चोरी गरेका कम्युटर, मोवाइल, एलसिडी, चार्ज व्याट्ी लगायत झन्डै ५ लाख बराबरको सामान समेत वरामद गरेको कपिलवस्तुका प्रहरी प्रमुख उपरिक्षक राजेन्द्र ढकालको दावी छ ।

0 comments
तपाईंको प्रतिकृया