राष्ट्रिय यूवा जनस्वयम् सेवकको नगर भेला

पाल्पा, १४ जेठ नेकपा-माओवादीको भातृ संगठन राष्ट्रिय यूवा जनस्वयम् सेवक पाल्पाको दोस्रो तानसेन नगर भेला सोमवार सम्पन्न भएको छ । भेलामा नेकपा - माओवादीका केन्द्रिय सदस्य बसन्त घर्तीमगर र राष्टिय यूवा जनस्वम्सेवकका केन्द्रिय सदस्य मिन ब. आलेले प्रशिक्षण मूलकमन्तव्य दिनुभयो । भेलामा माओवादी पाल्पाका इन्चार्ज धिरज राना , सह इनचार्ज गिर ब. थापा र सचिव प्रशान्त पुन मगरको उपस्थिति रहेको थियो ।
भेलाले शंकर तामाङ्गको नेतृत्वमा २७ सदस्यिय नगर कमिटी पुर्नगठन गरेको छ र भेलाले तानसेन नगरको प्रत्येक वडा भेला गरी कमिटीहरु गठन गरी जिल्ला सम्मेलनको तयारी गर्ने निर्णय गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया