Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
भोलि संविधानसभाको निर्वाचनको मिति घोषणा : प्रचण्ड


  काठमाडौं, १४ जेठ    एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले भोलि संविधानसभाको निर्वाचनको मिति घोषणा गर्ने बताउनु भएको छ।

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसंगको भेटपछि आफनै निवासमा संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकारले निर्वाचन ऐनलाई अन्तिम रुप दिदै भोलि मिति घोषणा गर्ने दावी गर्नुभयो। निर्वाचनका लागि तत्काल मिति घोषणा गर्नुपर्ने मागसहित रिपोर्टस क्लबको ज्ञापन पत्र बुझदै अध्यक्ष प्रचण्डले मंसिरमा निर्वाचन हुनेमा आफू ढुक्क रहेको बताउनुभयो।

अध्यक्ष प्रचण्डले सरकार प्रमुख रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा दिन नहुने स्पष्ट पार्नुभयो। अध्यक्ष प्रचण्डले उच्चस्तरीय राजनीतिक समितिमा नेकपा– माओवादीका अध्यक्ष मोहन बैद्यलाई राख्न आफूले चाँडै संवाद थाल्ने जानकारी दिनुभयो।

0 comments

तपाईंको प्रतिकृया