Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नगर सुधारका लागि क्षेत्रीय भेला




कपिल ज्ञवाली
बुटवल, १२ जेठ  ।
नगरपालिकाको कामलाई कसरी उत्कृष्ट बनाउने भन्दै पश्चिमाञ्चल विकास क्षेत्रका नगरपालिका प्रतिनिधिहरु बुटवलमा भेला भएका छन् ।

पश्चिमाञ्चल क्षेत्रिय अध्ययन केन्द्रको आयोजना तथा स्थानीय निकाय वित्तिय आयोगको सचिवालय तथा जिआईजेडको सहयोगमा पश्चिमाञ्चलका ११ नगरपालिकाका प्रतिनिधिहरु बुटवलमा भेला भएर छलफल गरेका हुन् । नगरपालिकाको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन परिमार्जन कार्यविधिका बारेमा छलफल गर्दै कसरी सेवा र काम उत्कृष्ट बनाउन सकिन्छ भन्ने बारेमा अनुभव आदानप्रदान समेत गरिएको छ ।

 सहभागि विभिन्न नगरपालिकाका अधिकृतहरुले बजेटको अभावमा नागरिकको गुनासोलाई समेट्न नसकिएको बताउदै यसको लागि मन्त्रालयले पर्याप्त बजेट छुट्टयाउनुपर्ने बताएका थिए । सो अवसरमा सहजीकरण गर्दै स्थानीय निकाय वित्तिय आयोगको सचिवालयका उपसचिवद्धय रघुनाथ विष्ट र शालिकराम रिजालले २०६६ सालमा जारी गरिएको नगरपालिकाको न्यूनतम मापन  तथा कार्यसम्पदान कार्यविधि अनुसार सेवा प्रदान गर्न आग्रह गर्दै बजेटको अभाव देखाएर सेवा प्रभावित नपार्न आग्रह गर्नुभयो ।

पश्चिमाञ्चल क्ष्ँेत्रिय अध्यन केन्द्रका संयोजक खिम बहादुर रायमाझीको अध्यक्षता, बुटवल नगरपालिकाका बरिष्ठ अधिकृत भुवा प्रसाद लुइटेलको स्वागत एंव बुटवल नगरपालिकाका अधिकृत दामोदर ज्ञवालीको संचालनमा भएको कार्यक्रममा ३५ जनाको सहभागिता थियो । हरेक बर्ष स्थानीय निकाय बित्तिय आयोगको सचिवालयले न्यूनतम शर्त,कार्यविधि र मापनको आधारमा उत्कृष्ट नगरपालिका छुट्टाउने गर्छ । गत बर्ष बुटवल नगरपालिकाले मापदण्ड पुरा गरेर नेपालभरका नगरपालिकामा तेस्रो भएको थियो ।


0 comments

तपाईंको प्रतिकृया