Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
औंशीमा श्राद्ध गर्न गएका एकै परिवारका तीन सप्तकोशीमा बेपत्ता

सुनसरी २६ वैशाख । सुनसरीको बराह क्षेत्रमा मातातीर्थ औंशीको अवसरमा श्राद्ध गर्न पुगेका झापाका तीन जना सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा झापा शान्तिनगरका रमेश बास्कोटा, गोपाल बास्कोटा र ज्ञाननाथ बास्कोटा रहेका छन् । श्राद्ध सम्पन्न भईसकेपछि बत्ती दिने क्रममा ज्ञाननाथ बास्कोटा नदीमा बगेपछि उनलाई बचाउन नदीमा प्रवेश गरेका रमेश पनि बगेपछि गोपाल दुवैलाई बचाउन भन्दै नदीमा प्रवेश गरेका थिए । तर, उनीहरु तीनै जनालाई सप्तकोशीले बगाएको र अहिलेसम्म उनीहरु फेला नपरेको प्रहरीले जनाएको छ । उनीहरु सबै एकै परिवारका हुन् । स्थानीयवासी, प्रहरी र तीर्थयात्रीहरुले बास्कोटा दाजूभाईको खोजी गरिरहे पनि फेला परेका छैनन् ।

0 comments

तपाईंको प्रतिकृया