Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बग्दादमा भएको कार बम बिष्फोटमा ६६ को मृत्यु

काठमाडौं, १४ जेठ इराकको राजधानी बग्दादमा सिया बाहुल्यता रहेको क्षेत्रमा भएको शृंखलाबद्ध कार बम विष्फोटमा कम्तिमा ६६ जनाको मृत्यु भएको छ।

मध्य बग्दादस्थित एक व्यस्त बजारी क्षेत्रका विभिन्न एघार स्थानमा विष्फोट गराइएको थियो। सिया समुदायलाई लक्षित गरी बिष्फोट गराइएको त्यहांका अधिकारीहरुले बताएका छन्।

विष्फोटको जिम्मेवारी कसैले लिएको छैन। केही हप्ता यता इराकमा राजनीतिक र साम्प्रदायिक तनाव बढिरहेको छ।

0 comments

तपाईंको प्रतिकृया