नेविसंघको मूल इकाई गठन
कपिल ज्ञवाली बुटवल १४- जेठ रुपन्देहीको आनन्दबन -५ मणिग्राममा रहेको सरस्वती संस्कृत विद्यापीठमा नेपाल बिद्यार्थी संघको मूल इकाइ समिति गठन भएको छ ।नजिकीदै गरेको स्वतन्त्र बिद्यार्थी युनियनको निर्बाचनमा नेपाल बिद्यार्थी संघलाई बिजयी बनाउनका लागि मंगलबार बिद्यापिठमा आयोजित एक भेलाले नेबिसंघको नंया समिति गठन गरेको हो । प्रमोद पाठकको सभापतित्वमा ३२ सदस्यिय संघको मूल इकाइ समिति गठन गरिएको हो । जस्को उपसभापतिमा रामकृष्ण चापागाई र महेश न्यौपाने,सचिबमा भुवन खनाल,उपसचिबमा कृष्ण न्यौपाने,कोषाध्यक्षमा आशिष भण्डारी,सहकोषाध्यक्षमा चिरञ्जिबी पौडेल रहनुभएको छ ।
त्यस्तैगरि सदस्यहरुमा तुल्सीराम गैरे,केशब पौडेल,पर्शुराम पाण्डेय,बिष्णु पराजुली,अनुप पौडेल,तुल्सी भण्डारी,महेश भण्डारी,महेश तिवारी,मनोज भुसाल,ज्ञानहरी अधिकारी लगायत रहेका छन् ।
पूर्व इकाई सचिब रामकृष्ण चापागाईको सभापतित्वमा भएकोे मूल इकाइ समिति गठन कार्यक्रममा नेपाल बिद्यार्थी संघका प्रतिनिधी बिजेश न्यौपाने,जिल्ला उपसभापति मिलन थापा,होम प्रसाद पौडेल लगायतले बोल्दै आगामी स्वबियू निर्बाचनमा नेपाल बिद्यार्थी संघलाई बलियो उपस्थिती सहित नेतृत्वदायि बनाउनका लागि सबै बिद्यार्थी लाग्नुपर्ने बताएका थिए ।

0 comments
तपाईंको प्रतिकृया