आफ्ना दुबै स्तन कटाइन् एन्जेलिनाले
न्युयोर्क, हलिउड अभिनेत्री एन्जेलिना जोलीले आफ्ना दुबै स्तन निकालेको बताएकी छन् । न्युयोर्क टाइम्सका अनुसार जोलीले स्तन क्यान्सरबाट बच्नको लागि आफ्ना दुबै स्तन निकाल्नु परेको बताएकी छन् । जोलीले भनेकी छन् ”मैले मेरो छोरा, छोरी र परिवारको खुशीका लागि यो निर्णय गर्नुपरेको हो” । अभिनेत्री जोलीको स्वास्थ्य परिक्षण गर्दा ८७ प्रतिशत स्तन क्यान्सरको सम्भावना देखीएकाले आफ्ना सन्तानले सानैमा आमा गुमाउन नपरोस् भन्ने उद्धेश्यका साथ दुबै स्तन निकालेको जोलीको भनाइ छ । गत अप्रिल महिनामा डबल माटेक्टोमी प्रकृयाबाट जोलीले दुुबै स्तन सधैको लागी कटाएको जनाएकी छन् । दुबै स्तन कटाए पनि आफ्नो स्त्री पनमा कुनै कमि नआउने जोलीको भनाइ छ । ३७ बर्षिय अभिनेत्री जोलीकी आमाको ५६ बर्षको उमेरमा क्यान्सर लागेर मृत्यु भएको थियो । न्युयोर्क टाइम्सका अनुसार आफुले गरेको कठोर निर्णय पश्चात संसारका अन्य महिलाहरुलाई पनि यस्तो निर्णय लिन सहज हुने जोलीको बिश्वास छ।

0 comments
तपाईंको प्रतिकृया