Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
निर्धारित समयमै चुनाव हुन्छ : रेग्मी

काठमाण्डौ १८ जेठ - अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सरकार निर्धारित समयमै चुनाव गराउन सम्पूर्ण ध्यान केन्द्रित गरेर लागिपरेको बताउनु भएको छ।

 निजी तथा आवासीय विद्यँलय अर्गनाइजेसन नेपाल, प्याब्सनको नवौं राष्ट्रिय साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष रेग्मीले तोकिएकै समयमा चुनाव गराउन सरकार लागि परेको बताउनु भएको हो।

 कार्यक्रममा शिक्षामन्त्री माधवप्रसाद पौडेलले साक्षर नेपाल बनाउन र व्यावहारिक शिक्षा प्रदान गर्न सरकार निजी क्षेत्रसंग हातेमालो गरेर अगाडि बढ्ने बताउनु भयो। मन्त्री पौडेलले आगामि वर्षदेखि सरकारले कक्षा ८ सम्मको शिक्षा निशुल्क र अनिवार्य गर्ने योजना बनाएको जानकारी दिनुभयो।

कार्यक्रममा प्याबसनका पदाधिकारीहरुले सरकारले निजी शैक्षिक सस्ंथामाथि आवश्यक ध्यान नदिएको गुनासो गरेका गिए। साधारणसभा भोलिसम्म चल्ने छ।

0 comments

तपाईंको प्रतिकृया