अल नउसरा फ्रन्ट कालोसूचीमा
काठमाण्डौ १८ जेठ - संयुक्त राष्ट्रसंघीय सुरक्षापरिषद्ले सिरियाको विद्रोही समूह अल नउसरा फ्रन्टलाई कालोसूचीमा राखेको छ।सिरियाको विद्रोही समूह नउसरा फ्रन्ट इराकको अल कायदा समूहमा आबद्ध रहेको भन्दै राष्ट्रसंघले कालोसूचीमा राखेको हो। सुरक्षापरिषद्ले उक्त समूहलाई हतियार र यातायातमा प्रतिबन्ध लगाउनुका साथै उसको नाममा रहेको सम्पत्ति विवरण पनि जफत हुने जनाएको छ।
अम्यान अल जवारीको नेतृत्वमा रहेको उक्त समूहले सिरिया सरकारविरुद्ध हिंसात्मक कार्य गर्दै आएको छ। सिरियाको राजधानी दमास्कस र अलेप्पोमा गराएका केही विष्फोटको जिम्मासमेत यसै समूहले लिएको थियो।

0 comments
तपाईंको प्रतिकृया