१ सय ६९ न्यायाधीश नियुक्तिका लागि सिफारिस
काठमाण्डौ २७ जेठ । न्यायपरिषद्ले पुनरावेदन तथा जिल्ला तहमा एकैचोटी १ सय ६९ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।गएराती बसेको परिषद् बैठकले पुनरावेदनमा ८० र ८९ जना जिल्ला अदालतका सिफारिस गरेको हो। पुनरावेदनमा ४७ स्थायी र ३३ जनालाई अतिरिक्त पुनरावेदन न्यायाधीशमा सिफारिस गरिएको छ। परिषद्ले खुल्ला प्रतिष्पर्धाबाट न्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाएको थियो।
सर्वोच्च अदालतका कर्मचारी भने न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा भएको भन्दै आन्दोलनमा उत्रिएका छन्। हिजो पेन डाउन गरेका कर्मचारीले आज उपत्यकाका सम्पूर्ण अदालत तथा न्यायाधीकरण कार्यालयमा ३ घण्टा काम बन्द गर्ने बताएका छन्।

0 comments
तपाईंको प्रतिकृया