निर्बाचन मिती घोषणा हुन ढिलाई हुनुमा भारतको हात-विजुक्छे
काठमाण्डौ २२ जेठ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतको इसारामा चार दलले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरिरहेको आरोप लगाउनु भएको छ।भक्तपुरमा आयोजित एक साक्षात्कारमा अध्यक्ष बिजुक्छेले भारतको अनुकुल भएमात्र सरकारले निर्वाचको मिति घोषणा गर्ने बताउनुभयो। उहांले थ्रेसहोल्ड लागू भए सीमित दलहरु मात्र आउने र अर्को निर्वाचमा ती दलहरु पनि समाप्त हुने दाबी गर्नुभयो।
अध्यक्ष बिजुक्छेले दलहरुले अहिले खिलराज रेग्मीलाई हटाएर आफैं सत्तामा जाने षड्यन्त्र गरिरहेको र यस्तै अवस्था रहिरहे फेरि पनि संविधानकोसभा निर्वाचन हुन नसक्ने बताउनु भयो।

0 comments
तपाईंको प्रतिकृया