माओबादीले जातिय सदभाव खलबल्याउन संघियताको कुरा उचाल्यो- बिश्वकर्मा
निशा विश्वकर्मा रेडियो भ्वाईस, कपिलवस्तु २८ जेठ । नेकपा एमालेका पलिटव्युरो सदस्य एंव लुम्विनी अञ्चल समन्वय कमिटी संयोजक छविलाल विश्वकर्माले माओवादीले समाजिक सद्भावलाई खलवल पार्ने गरी जातिय संघिएताको कुरा गर्दै हिडेको बताउनुभएको छ ।कपिलवस्तुको वरकरपुरमा आज मंगलबार क्षेत्रिय कार्यकर्ता भेलाालई संम्वोधन गर्दै पुर्व मन्त्री समेत रहनु भएका विश्वकर्माले सदियौदेखिको सद्भावलाई खलवल पार्न नहुने वताउनुभएको हो ।
बिसौ मदन आश्रित दिवसदेखि शुरु भएको नेकपा एमालेको एक महिने घरदैलो अभियानमा एमाले कै निति र एमाले कै नेतृत्व अभियानलाई सफल पार्न आज कपिलवस्तु आउनु भएको हो ।
क्षेत्र नं ४ का क्षेत्रिय अध्यक्ष उपेन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य एंव क्षेत्र न४का अभियानका संयोजक सिराज अहमद फारुखी,राष्टिय परिषद् सदस्य डिल्लिराज भुषाल, एमाले जिल्ला अध्यक्ष झविलाला पोख्रेल , जिल्ला सचिवालय सदस्य द्धय नेत्रराज अधिकारी र सि वि गहतराज, जिल्ला सदस्यहरु देवी बेल्वासे, लालबहादुर सुनार, युवासंघका जिल्ला अध्यक्ष लक्ष्मण पन्थी लगाएतले एमालेको एक महिने घरदैलो अभियानको प्रभाव बारेमा आ आफ्ना धारणा राख्नु भएको थियो ।

0 comments
तपाईंको प्रतिकृया