आगामी चुनाबमा रेखा पनी भिडने
काठमाण्डौ १९ जेठ । औपचारिक रुपमा एकिकृत माओवादीमा प्रवेश गरेकी नायिका रेखा थापाले आगामी संविधानसभाको निर्वाचनमा चुनाव लड्ने घोषणा गरेकी छिन् ।राष्ट्रिय चलचित्र महोत्सवकालागि धरान आएकी रेखाले शनिबार राती ९ बजे ड्रिमल्याण्ड होटलमा पत्रकार सम्मेलन गर्दै आफु देशको जुनसुकै क्षेत्रबाटपनि चुनाव लड्न सक्ने घोषणा गरिन् । हाल काठमाण्डौ बस्ने रेखा मोरङ क्षेत्र नं. ८ मा पर्ने सलकपुर-९ की हुन् । सो क्षेत्रमा अघिल्लो संविधान सभामा गोपी अछामीले सभासद जितेका थिए । यसपाली रेखाले उक्त क्षेत्रबाटै उठ्ने सम्भावना ब्यक्त गरेकी छिन् ।
उनले १२ बर्ष चलचित्र क्षेत्रमा विताए पनि अब समाजसेवामा सक्रिय रहने बताईन् । उनले आफ्ना बुवाको नाममा ‘प्रेम फाउण्डेसन’ नामक सामाजिक काम गर्ने संस्था सुरु गर्ने बताईन् । देशको सेवा गर्न पहिलादेखिको चाहना रहेको भन्दै उनले सुनाईन् ‘म देशको नीति निर्माणको तहमा पुगेर पछाडि परेका महिला र बालबालिकाकालागि काम गर्न चाहान्छु तर सभासद, प्रधानमन्त्री जे भएपनि फिल्म निर्माण गर्न भने छाड्दिन । ‘

0 comments
तपाईंको प्रतिकृया