Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
विद्यालयमा सचेतना अभियान

माधब अर्याल, पाल्पा– वैदेशिक रोजगारलाई सरल र मर्यादित बनाउन तानसेनका विद्यालयमा सचेतना अभियान थालिएको छ । एकहप्ते अभियानमा जिल्लाका विद्यालय, उच्च मावि र वौघापोखराथोक गाविसमा सचेतना कार्यक्रम गरिएको छ ।

 युवा, विद्यार्थीलाई लक्ष्ँित गरिएको अभियान अन्तर्गत मिलेनियम उमाविमा भएको कार्यक्रममा युथ एक्सनका कार्यक्रम संयोजक कृष्ण कार्कीले दैनिक एक हजार पा“च सयको हाराहारीमा नेपाली युवा विदेश जाने गरेको बताए । उनले आवश्यक तयारीर जानकारी विना विदेश जांदा जोखिमपूर्ण, फोहर र कठिन काम गर्न बाध्य भएको बताए । पत्रकार माधब अर्यालले सहजीकरण गर्दै विदेशमा जानुभन्दा स्वदेशमै बसेर आय र स्वरोजगारमुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए । उनले युवाहरुको चाहना विदेश भन्दापनि आफ्नै थातथलोमा परिवारसंग बसेर केही उद्यम गर्नुपर्नेमा जोड दिए ।

 जिविसको स्थानीय युवा साझेदारी कार्यक्रमको सहयोग, जनचेतना युवा क्लगको आयोजना र युथ एक्सन, सुरक्ष्ँित वैदेशिक रोजगार सूचना केन्द्रको सहकार्यमा अभियान चलेको हो । ‘समस्या आउनु अगावै उचित सूचना दिनका लागि युवा विद्यार्थी अग्रसर हुनुपर्छ’ उनले भने, ‘त्यसका लागि जिल्लामा सुरक्ष्ँित वैदेशिक रोजगार केन्द्र प्रशासनमा रहेको छ । त्यही आएर जानकारी लिनुभए हुन्छ ।’ कार्यक्रममा जनचेतना युवा क्लवका सचिव कृष्ण आलेले युवा विद्यँर्थी वैदेशिक रोजगारमा जानुअघि सचेत हुनसकेमा अन्यलाईसमेत यस विषयको ज्ञानहुन सक्ने बताए ।

अभियान अन्तर्गत वैदेशिक रोजगारमा जानुपूर्व तयारीको अवस्था, विदेशमा रहदा ख्यालगर्नुपर्ने विषय, नेपाल आएपछि आइपर्ने सम्भाव्य, चुनौती र त्यसका लागि अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराइएको छ । विद्यार्थीलाई हाते पर्चा उपलव्ध गराइएको छ भने सुरक्षित वैदेशिक रोजगार केन्द्रका बारेमासमेत जानकारी गराउने गरिएको छ ।

0 comments

तपाईंको प्रतिकृया