Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
धैर्यताको सीमा तोड्दै रोडा व्यवसायी आन्दोलित

नरेश के सी भैरहवा,२८ जेष्ठ, राज्यको निर्णयको प्रतिक्षा गर्दागर्दै वाक्क भइसकेका रोडा व्यवसायीहरुले अन्ततः आन्दोलनको घोषणा गरेका छन् ।

अदालतमा मुद्धा चलेका अन्य जिल्लाको निकासी सुचारु ह्ुदा समेत विना कुनै कारण रुपन्देही जिल्लाका रोडा ढुंगा निकासी अनिश्चीत कालसम्म रोकेर ब्यबसायीहरुलाई हतोत्साही बनाएको भन्दै मंगलबार व्यवसायीहरुले पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् । अदालतमा मुद्धा चलेको कपिलवस्तु र अर्घाखाचीको निकासी शुरु भईसकेको छ भने अन्य पाल्पा, नवलपरासी, कास्की लगायतका जिल्लाको उत्पादन रुपन्देहीको भन्सार नाका हुदै भारत निकासी गर्न राज्यले छुट दिएको छ तर रुपन्देहीको उत्पादनलाई प्रतिबन्ध लगाएको प्रति व्यवसायी आक्रोसीत भएका हुन् ।

बिगत ११ महिना सम्म प्रतिक्षा गर्दा पनि बाह्रय निकाशी को स्विकृत दिनुको साटो झन छिमेकी जिल्लाहरुमा समेत आन्तरीक निकासीलाई पनि प्रतिबन्ध लगाए पछि यँहाका ब्यबसायीहरुले बाध्य भएर आज बुधबारदेखी लागु हुनेगरी चरणबद्ध आन्दोलन घोषणा गरेको पत्रकार सम्मेलनमा व्यवसायीले बताए । बुधबार बाट सुरु हुने चरणबद्ध आन्दोलनको कार्यक्रममा रुपन्देही जिल्लामा रहेका क्रसर उद्योगबाट उत्पादित गिट्टी अथवा बालुवा बिक्री बितरण नगरी उद्योग समेत बन्द गर्ने,बाहीरी जिल्लाबाट यस जिल्लामा आन्तरीक आयात हुने कच्चा एबम प्रशोधित मालमा रोक लगाउने ,अन्य जिल्लाको रोडा ढुंगाा रुपन्देही जिल्ला हुदै भारत निकासी भैरहेकोमा उक्त निकासी बन्द गर्ने लगायतका कार्यक्रम रहेको पत्रकार सम्मेलनमा रोडा ढुंगा ब्यबसायी संघ रुपन्देहीका अध्यक्ष शिब पाठकले बताए । पत्रकार सम्मेलनमा क्रसर ब्यबसायी महासंघका संयोजक कृष्ण प्रसाद शर्माले जिल्लामा गठित अनुगमन समिती निष्क्रिय रहदा ब्यबसाय धरापमा परेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका शर्माले उद्योगमा तयारी अबस्थामा रहेको माल अनुगमन गरी बाह्य निकासीका लागी अनुगमन दिनुको साटो उल्टै छिमेकी जिल्लाहरुमा समेत निकासी गर्न रोक लगाए पछी बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए । पत्रकार सम्मेलनमा सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु प्रसाद शर्माले राज्यले काम गरेर खाने वातावरण बनाइदिनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी रोडा ढुंगा ब्यबसायी संघका महासचिब छबि पाठकले हाल आएर राज्य संयन्त्र बाट रुपन्देही जिल्लाका व्यवसायीलाई सौताको जस्तो व्यवहार गरिएको आरोप लगाउदै राज्यले यसतर्फ समयमै ध्यान नदिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । पत्रकार सम्मेलनमा व्यवासायीहरुले रुपन्देहीमा स्थापित उद्योगहरुलाई संरक्षण र प्रबद्धनको साटो हतोत्साही गरेर उद्योग बन्द गर्ने बाध्यता तर्फ धकलेकोमा आक्रोस व्यक्त गरेका थिए ।

यसै बिच रोडा ढुंगा ब्यबसायी संघले आन्दोलनलाई ब्यबस्थीत बनाउन ब्यबसायी गोपाल ज्ञवालीको संयोजकत्वमा आन्दोलन परीचालन समिती गठन गरेको छ । रुपन्देहीमा मात्रै ४० वटा क्रसर उद्योग छन भने यो ब्यबसायमा ५ देखि ७ अर्बको लगानी रहेको छ । करीब १५ हजार मजदुर यसमा प्रत्यक्ष आश्रीत रहेका छन् भने अप्रत्यक्ष रुपमा हजारौ परिवार आश्रीत रहेको छ । बैंक तथा बित्तिय क्षेत्रको लगानी करीब ६० देखि ७० प्रतिशत रहेको ब्यबसायीहरुले जनाएका छन् । क्रसर उद्योग ११ महिनादेखी बन्द रहदा व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेका छन् ।

बैंकको व्याज तिर्न हम्मे हम्मे परेको छ । यदि यस्तै भइरहे सबैको घरखेत लिलाम हुने अवस्थामा पुग्ने क्रसर व्यवासायी शम्भु खनालले जनाए ।

0 comments

तपाईंको प्रतिकृया