Local
»
न्यूनतम प्रारिश्रमिकमा अध्यापन गर्न बाध्य
न्यूनतम प्रारिश्रमिकमा अध्यापन गर्न बाध्य

पाल्पा १ असार । जिल्लाको अत्यन्त विकट तथा दुर्गम मित्याल गाउ विकास समितिको जलदेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत अधिकाशं शिक्षकहरुले अझ पनि न्यूनतम प्रारिश्रमिकमा अध्यापन गर्न बाध्य भएका छन् । जिल्ला शिक्षा कार्यालयको बेवास्ता स्थानिय अभिभावकको अनविज्ञता एवं पहुच नपुगेका कारण उनिहरुले कम पारिश्रमिकमा अध्यापन गर्नु परेको हो ।
स्थानिय बासिन्दाको प्रयासबाट ०५७ सालमा ३७ जना बालबालिकाहरुबाट गाई गोठ विद्यालयको रुपमा स्थापना भए पनि जिल्ला शिक्षा कार्यालयले विद्यालय सञ्चालनका लागी शिक्षक दरबन्दि उपलब्ध नगराएका कारण शिक्षक शिक्षिकाहरुले निजि स्रोतबाट कम पारिश्रमिकमा अध्यापन गर्नु परेको हो । अग्रेजी माध्यममा नर्सरी देखी कक्षा ८ सम्म १ सय ५१ जना बालबालिकाले अध्यन गर्ने यस विद्यालयमा स्थानिय जनताको सहयोगमा भौतिक पूर्वाधार निर्माण भए पनि ११ जना शिक्षक शिक्षीकाहरु मध्ये ४ जना राहत , ५ जना निजि स्रोत १ जना पि सि एफ र एक जना बालविकासमा कार्यरत रहेका छन् ।
पाँच महिना अगाडी शिक्षा कार्यालयले दरबन्दी मिलान गर्ने कार्य पुरा गरेपनि यस विद्यालय उक्त कार्यबाट विमुख भएका कारण न्यूनतम तलबमा कठोर बिषय अध्यापन गर्नु परेको शिक्षक पदम बहादुर खाम्चाले बताउनु भयो
विद्यालयका प्रधानाध्यापक लाल बहादुर सोती समेत राहत कोटामा रहनु परेको छ । जिल्ला शिक्षा कार्यालय समक्ष यस बिषयमा पटक पटक माग गरेपनि आङ्खनो आवाज सुनवाई नभएको ब्यवश्थापन समितीले बताएको छ
विद्यालयको भवन निर्माण देखि गाउमा शैक्षिक जागरण ल्याउनका लागी शिक्षकहरुको ठुलो भुमिका रहेपनि जिल्ला शिक्षा कार्यालयले वेवास्ताका कारण समस्या जटिल बनेको उनीहरुको भनाई छ ।
0 comments
तपाईंको प्रतिकृया