Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अब वार्ता सेनापति सगँ हुन्छः गजुरेल

नारायण पंगेनी  काठमाडौ, १४ असार । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सरकार र चार दलले जवरजस्ती चुनाव गराए मुलुक फेरि द्वन्दमा जाने चेतावनी दिनुभएको छ ।

 रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उपाध्यक्ष गजुरेलले सेना परिचालन गरेर निर्वाचन गराउन खोजिएको भन्दै त्यसलाई रोक्न प्रधानसेनापति गौरब शमसेर राणासँग आफ्नो पार्टीले वार्ता गर्ने उल्लेख गर्नुभयो । नेपाली सेना चार दलको मात्र नभई नेपाली जनता र राष्ट्रको भएकाले सेनाले चुनावमा गोली हान्न अस्वीकार गर्नेमा आफू विस्वस्त रहेको बताउनु भयो ।

 सेनाको बलमा निर्वाचनमा जान खोजे मुलुकमा फेरी द्वन्द हुने चेतावनी दिदै गजुरेलले मुलुकलाई द्वन्दमा जानबाट रोक्ने या नरोक्ने भन्ने बिषय चार दल र सरकारको रबैयामा भर पर्ने उल्लेख गर्नुभयो । चारदलबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधाअड्काउ फुकाउको आदेश र खिलराज रेग्मीको सरकारलाई यथावत राखेर गरिने वार्ताको औचित्य नभएको स्पष्ट पार्नुभयो ।

 उहाँले आफूहरुको माग पुरा नगरी जवरजस्ती निर्वाचन गर्न खोजे आफूहरुले पनि जनपरिचालन गरेर निर्वाचनलाई सक्रिय बहिस्कार गर्ने बताउनु भयो । गजुरेलले उहाले यथास्थितिमा हुने चुनावमा भाग नलिन जनतालाई अनुरोध समेत गर्नु भयो ।

0 comments

तपाईंको प्रतिकृया