Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अमेरिकाले १ करोड भन्दा बढी गैरकानुनी आप्रवासी नागरिकलाई नागरिकता दिने

एजेन्सी- अमेरिकी सिनेटले १ करोड भन्दा बढी गैरकानुनी आप्रवासी नागरिकलाई नागरिकता दिने विधेयक पारित गरेकेा छ। माथिल्लो सदन सिनेटले आप्रवासी विधेयक पारित गरेको हो। १ सय सदस्यीय सिनेटमा विधेयकको पक्षमा ६८ मत परेको थियो भने विपक्षमा ३२ मत परेको थियो।

अमेरिकी राष्ट्रपति बाराक ओबामाकोसमेत समर्थन रहेको उक्त विधेयकमा विपक्षी रिपब्लिकन पार्टीको भने असहमति रहेको छ। राष्ट्रपति ओबामाले सिनेटको निर्णयको स्वागत गर्दै आप्रवासी कानुन सुधारको लागि यो एक महत्वपूर्ण कदम भएको बताएका छन्। सनेटबाट अनुमोदन भएपनि तल्लो सदन कंग्रेसबाट पारित भएपछि मात्र कानुन कार्यान्वयनमा आउनेछ। तर रिपब्लिकन सदस्यहरुको बाहुल्यता रहेको कंग्रेसमा विधेयक अनुमोदन हुनेमा भने आशंका रहेकेा छ।

विधेयकले अमेरिकामा बस्दै आएका १ करोड १० लाख गैरकानुनी आप्रवासीलाई नागरिकता दिने १३ वर्षे मार्गचित्र प्रस्तुत गरेको छ। 

0 comments

तपाईंको प्रतिकृया