भैरहवामा गोली चल्दा एक जना घाईते
नरेश के सी भैरहवा, १९ जेठ । रुपन्देही स्थित नेपाल भारत सीमा नाका नजिकै गोली चल्दा एक नेपाली नागरिक घाइते भएका छन् । जिल्लाको सदरमुकाम भैरहवा नजिकै रहेको गाऊ पिपरैयामा आइतबार विहान गोली चल्दा स्थानीइ ३१ बर्षीय जमशेद पठान घाईते भएका हुन्।गोली प्रहार भएको स्थान नेपाल भारत सिमा नाका हो । सिद्धार्थ नगर नगरपालीकाको वडा नं ११ मा पर्ने सो पीपरैया गाऊमा गोली चल्दा पठानको बायां कुममा गोली लागेको छ । घाईते पठानको अहिले युनिभर्सल कलेज अपm मेडीकल साईन्सेज शिक्षण अस्पताल भैरहवामा उपचार भईरहेको छ ।
उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक हरि बहादुर पालले गाँउको चिया पसलमा चिया खाईरहेका बेला पठान माथी गोली प्रहार भएको बताएका छन् । प्रत्यक्षदर्शी गाँउलेका अनुसार भारत बाट मोटर साईकिलमा आएको ब्यक्तिले पठानमाथी एक्कासी गोली प्रहार गरी भारत तपर्mनै पmरार भएको जनाए ।
घाईते पठानले आपmुलाई भारतिय नागरिक महेन्द्र यादबले गोली प्रहार गरेको बताए छन । प्रहरी उपरिक्षक पालले आपसी झगडा र बिवादका कारण पठान माथी गोली प्रहार भएको हुन सक्ने बताउदै गोली प्रहार गर्नै ब्यक्तिको पहिचान र खोजी भैरहेको जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया