रेग्मी बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि दार्चुलामा
काठमाण्डौ ६ असार। सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि सुदूरपश्चिम पुगेको सरकारी टोली अहिले दार्चुला पुगेको छ।अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसहितको टोली सुर्खेतबाट सिधै दार्चुला पुगेको हो। सुर्खेतमा मध्यपश्चिमको अवस्थाका बारेमा जानकारी लिएपछि अध्यक्ष रेग्मीको टोली दार्चुला पुगेको हो। टोलीले अहिले त्यस क्षेत्रका अवलोकन गर्नुका साथै बाढी पीडित र सरोकारवालासंग छलफल गरिरहेको छ। दार्चुलाको निरीक्षणपछि टोली कञ्चनपुर पुग्ने र त्यहाँबाट कैलालीको टिकापुरहुँदा बर्दियाको डुबान क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ।
सुदूर तथा मध्यपश्चिममा बाढी पहिरोबाट जनधनको ठूलो क्षति हुँदा समेत सरकार उदासिन रहेकेा गुनासो बढेपछि अध्यक्ष रेग्मी आफै निरीक्षणका लागि जानु भएको हो। टोलीमा गृहमन्त्री माधव घिमिरे, भौतिक योजना निर्माण तथा यातायात र सहकारी विकास तथा गरिवी निवारण मन्त्री छविराज पन्त, गृहसचिव लगायत सहभागि छन्।

0 comments
तपाईंको प्रतिकृया