हाकिमको काज फिर्तासंगै जनस्वास्थयमा त्रास
नरेश के सी भैरहवा ७ असार । आफ्नै सहकर्मीमाथि यौन दुराचारको आरोप लागेका जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठलाई चोख्याउन स्वास्थ्य मन्त्री र सचिव नै खुलेर लागेका छन् ।यसैकारण अभियोग लागेका श्रेष्ठलाई मन्त्रलायमा तानेर कारबाहि प्रक्रिया अगाडी बढाएता पनि एकाएक उनको फाइल रोकिएको छ । अभियोगका सम्बन्धमा अनुसन्धान गर्नुको साटो मन्त्रालयका मन्त्रि विद्याधर मल्लिक र सचिव डा. प्रविण मिश्रले उनलाई पुनः रुपन्देही काज फिर्ता पठाईदिएको छन । मन्त्रि र सचिवलाई श्रेष्ठले आर्थिक पक्ष र राजनैतिक पक्षबाट ठुलै प्रभाव पारेको बुझिएको छ । जिल्ला जनस्वास्थय कार्यलय रुपन्देहीमा विगत ३ वर्षदेखी कार्यरत श्रेष्ठ पछिल्लो समय यौन हिंसा गरेको आरोपमा विवादमा तानिएका थिए ।
उनको विरुद्ध सोही कार्यलयमा अधिकृत तहमा कार्यरत मोहन तारा पछाईले कार्यलयमै प्रमुख श्रेष्ठले यौन हिंसा गरेको भन्दै प्रसासन, महिला आयोग , मुख्य सचिवको कार्यलय , स्वास्थ्य मन्त्रालय तथा महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थामा न्याऊ पाऊ भनी निवेदन दिएकी थिईन् । यो विषय राष्ट्रिय मुद्धा बनिसकेको छ । यसै सम्बन्धमा सरकारले प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयबाट केसब बास्तोलाको संयोजकत्वमा छानविन समिती गठन गरेको छ भने स्वास्थ्य मन्त्रालयले रामकृष्ण अधिकारीको संयोजकत्वमा छानविन समिती गठन गरेको छ । यतिमात्र होइन राष्ट्रिय महिला आयोगले पनि छानविन गरिरहेको छ । यी कुनै पनि छानविन समितीको रिर्पोट आएको छैन तर श्रेष्ठलाई पुनः जिल्ला फिर्ता गरिनु रहस्यमय देखिएको छ। जनस्वास्थ्य कार्यलय भनेको बजेटको हिसाबले दोस्रो भन्सार जस्तै हो । त्यसैले आर्थिक वर्ष समापनको संघारमा विभिन्न परियोजनाको नाममा कोठे तालिम र गोष्ठि सम्पन्न गरेर हिसाब किताब मिलान गर्न श्रेष्ठ रुपन्देही फर्किएको बुझिएको छ ।
श्रेष्ठ निकटस्थ स्रोतले जनाएअनुसार उनी असारको समापन संगै पुनः मन्त्रालय फर्किने छन् । उनलाई हिसाब किताब मिलान गर्न माथिल्लो निकायले नै ठुलै कसरत गरेर पठाएको बुझिएको छ। श्रेष्ठ मन्त्रालयका सचिव डा.मिश्रलाई सबैभन्दा धेरै सहयोग गर्ने हाकिम भित्र पनि पर्दछन् । त्यसैकारण सचिव मिश्रले श्रेष्ठ विरुद्ध मन्त्रालय र विभगमा परेका विभिन्न १२ वटा मुद्धालाई जहाको तहि रोकेर राखिदिएका छन् । यता श्रेष्ठको काज फिर्ता संगै जनस्वास्थ्य कार्यलय रुपन्देहीमा त्रास फैलिएको छ । उनले अप्रत्यक्ष रुपमा आफ्नो विरोधीहरुलाई सिध्याईदिने धम्कि दिन थालेका छन् । श्रेष्ठको कर्तुतको विरोध गर्नेहरुलाई उनका निकटस्थ मानिने केहि कर्मचारीले घुमाउरो भाषामा थर्काउने धम्काउने गरेको बुझिएको छ । यसैविषयमा मजदुरसंगठनहरुले आवज उठाएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थय कर्मी संघ जिल्ला कार्यसमितीले त यस विषयमा असार ७ गते जिल्ला प्रसासनमा डेलिगेसन समेत गएको छ । संगठनका जिल्ला अध्यक्ष दिपक ज्ञवालीको नेतृत्वमा गएको डेलिगसन समुहले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत मन्त्रि परिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र नै बुझाएको छ ।
ज्ञापन पत्रमा भनिएको छ “ छानविन समितीको प्रतिवेदन हालसम्म सार्वजनिक नभइ सकेको अवस्थामा उक्त अभियुक्तलाई मन्त्रालयबाट ग्रैर जिम्मेवार ढंगले पुनः रुपन्देही जिल्लामा नै पठाएको र निज कार्यलय प्रमुख श्रेष्ठले ट्रेड युनियनका नेताहरुलाई धम्कि र त्रास दिदा त्रासीपुर्ण वातावरणमा काम काज गरिरहेका छौ । ” यसरी मजदुर नेताहरुलाई नै धम्कि दिने श्रेष्ठले तल्लो स्तरका कर्मचारीलाई के गरेका होलान् यो सहजै अनुमान लगाउन सकिन्छ । स्वास्थ्य कर्मिसंघले मन्त्रि परिषदका अध्यक्षलाई पठाएको ज्ञापन पत्रमा अगाडी भनिएको छ “ यस्तो गम्भिर आरोप लागेका व्यक्तिलाई पुनः काममा फर्काएर समाजमा भय त्रास फैलाउने र सरकारी स्रोत साधनको चरम दुरुपयोग भएकोमा हामी लज्जित छौ । त्यसैले निज कार्यलय प्रमुखलाई तुरुन्त जिम्मेवारीबाट मुक्त गरि छानविन समितीको प्रतिवेदन सार्वजनिक गरि सो प्रतिवेदन अनुसार कारबाहि नगरे हामी कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौ । ” भन्दै उनीहरुले तत्काल प्रतिवेदन सार्वजनिक गर्न र समितीको रिर्पोट अनुसार कारबाहि गर्न माग गरेका छन् ।
ठुलालाई चैन सानालाई ऐन भने झै श्रेष्ठलाई आरोप लगाउने अधिकृत पछाइलाई हाटिबनगाई काज फिर्ता पठाएको छ भने श्रेष्ठ पुनः सोही कुर्चिमा फर्किएका छन् । नफर्किउन् पनि कसरी यहि केसकालागी दुई महिना भित्र झण्डै आधा करोड खर्चेका छन् ।

0 comments
तपाईंको प्रतिकृया