सिद्धबाबा लायन्सद्वारा रक्तदान
कपिल ज्ञवाली बुटवल,८ असार लायन्स क्लव अफ बुटवल सिद्धबाबाको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बार्षिक कार्यक्रम अन्तर्गत शनिबार आयोजना गरिएको कार्यक्रममा ३५ जनाले रगत दान गरेका थिए ।लायन्स क्लव अफ बुटवल सिद्धबाबाका अध्यक्ष गोकर्ण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समयमा रगतदान गर्नेको संख्या बढ्दै गएको भन्दै खुसि ब्यक्त गरे । उनिहरुले पछिल्लो समयमा महिलाहरु पनि रक्तदानमा सहभागि भएर ठूलो पुण्य कमाएको बताए ।
कार्यक्रममा क्लवका सचिब बिजय कुमार गुप्ता,लायन्स क्लवका डिस्ट्रिक गर्भनर इलेक्ट महेन्द्र नारायण श्रेष्ठ,लायन्स क्लवका जोन चियर पर्सन टंक प्रसाद गैरे लगायतले बोल्दै सिद्धबाबा लायन्सले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया