Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
दुब्र्यसनबारे प्रशिक्षण

भैरहवा, १३ असार- बिस्व लागुपदार्थ बिरुद्धको दिवसको अवसरमा बिहीबार भैरहवामा बिद्यार्थीहरुलाइ यसबारे प्रसिक्षण दिईएको छ ।

 शिद्धार्थ सामुदायीक सेवा केन्द्र एवं सामुदायी प्रहरी भैरहवाका आयोजनामा भैरहवा नमुना उच्च माविका बिद्यार्थीहरुलाई लागुऔषध, यसको सेवनबाट पर्ने असर तथा कानुनि दण्ड बारे जानकारी गराईएको छ । सो अवसरमा बोल्दै लुम्विनी अञ्चल प्रहरी कार्यालय भैरहवाका प्रमुख एवं बरिष्ठ प्रहरी उपरिक्षक मिङमार लामाले लागुऔषधले शारिरीक, मानसिक, चालचलन तथा आर्थीक अवस्थामा नकारात्मक प्रभाव पार्ने भन्दै यस्तो लतबाट टाडै रहन बिद्यार्थीलाई आग्रह गरे ।

उनले लागुपदार्थको सेवनबाट कुनै पनि प्रकारको फाईदा नहुने र यसले आर्थीक अवस्था समेत धरासायी बनाउने हुदां साथीसगंती वा लहलहैमा लागेर लागु पदार्थ सेवन नगर्न बिद्यार्थीहरुलाई सचेत गराए । उनले लागुपदार्थ, यसको असर तथा सेवन कर्ता र वोसारपोसार गर्नेलाई हुने कानुनिनी दण्ड सजायका बारेमा जानकारी गराएका थिए । त्यस्तै पुर्व लागुपदार्थ सेवनकर्ता तथा हाल लागुपदार्थको क्षेत्रमा कार्यरत अरुण थापाले आफुले गलत साथीको बिस्वासमा परेर लागुपदार्थ सेवन गरेको जानकारी गराउदै बिद्यार्थीहरुले झट्ट सार्थीहरुको बिस्वासमा परेर जे भन्यो त्यो मान्न नहुने बताए ।

शिद्धार्थ सामुदायीक सेवा केन्द्र अध्यक्ष गोविन्द प्रसाद बस्यालको सभापतित्व, कार्यक्रम सयोजक सुबोध तुलाचनको स्वागत मन्तब्य, कार्यसमीती सदस्य श्यामशंकर पाण्डेको सचांलनमा सम्पन्न कार्यक्रममा भैरहवा नमुना उच्च मावि ब्यबस्थापन समीती अध्यक्ष आनन्द प्रसाद गुप्ता लगायतले बोलेका थिए ।

0 comments

तपाईंको प्रतिकृया