मन्त्रिपरिषदका अध्यक्ष रेग्मीको घरमा फेला परेको प्रेशर कुकर वम, डिस्पोजल टोली द्धारा डिस्पोज [फोटो र भिडियो सहित]
पाल्पा १० असार । मन्त्रिपरिषदका अध्यक्ष खिलराज पाल्पा पोखराथोक ६ पुख्र्याैली घर नजिकै प्रेशर कुकर वम फेला परेको छ ।मन्त्रीपरिषदका अध्यक्ष रेग्मीको घर नजिकै कालो झोलाभित्र पे्रशर कुकर वम फेला परेको हो । प्र्रेशर कुकर वमको नेपाली सेनाको वुटवल स्थित २२ बाहिनीको वम डिस्पोजल टोली डिस्पोज गरेको हो । प्रेशर कुकर वम नजिकै नेकपा माओवादी (क्रान्तीकारी ) को पर्चा समेत भेटिएको छ ।
कमाण्डर हिमाल र कमिसार दर्शनको हस्ताक्षर रहेको नेकपा माओवादी (क्रान्तीकारी ) को प्रर्चामा असंवैधानिक तरीका बाट घोषणा गरिएको संविधानसभाको मितिको विरोध गर्दै , बर्तमान सरकारको खारेजीको माग गरिएको छ । मन्त्रीपरिषदका अध्यक्ष रेग्मीको घरमुनी बारीमा शंकास्पद रुपमा कालो झोला देखेपछि घर कुरुवाले प्रहरी लाई खवर गरेका थिए । रातिको समयमा वम राखेको , तर्साउने गरी वम राखिएको हुन सक्ने, विहान ६ बजे प्रहरीले खवर पाएपछि तत्कालै घटनास्थलमा प्रहरी पुगेको पाल्पाका प्हरी नायव उपरिक्षक स्थानेश्वर रेग्मीले बताउनु भयो ।
मन्त्री परिषदका अध्यष रेग्मीको घर नजिकै वारीमावम फेला परेपछि पोखराथोकमा जनता त्रसिद भएका थिए ।

0 comments
तपाईंको प्रतिकृया