Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
आईपिएम प्रबिधी तर्फ कृषक आकर्षित


कृष्ण दर्नाल पाल्पा,२८ जेठ। पाल्पाका किसानले तरकारीखेतीमा आइपिएम प्रविधि प्रयोग गर्न थालेका छन् । आइपिएम प्रविधिको प्रयोगले तरकारीखेतीमा रोगले नसताउने भएकाले यसबाट तरकारीको राम्रो उत्पादन हुने गरेको किसानहरू बताउँछन् ।

 कम खर्च र कम समयमा तरकारीमा लाग्ने रोगका कीटाणु नियन्त्रणमा ल्याउन सफल बनेपछि यहाँका किसानले यो प्रविधि अपनाउन थालेका हुन् । विषादीको प्रयोग गर्दा तरकारीबाट मानव स्वास्थ्यमा असर पर्ने भएकाले आइपियम प्रविधिको प्रयोगमा आफूहरू आकर्षित बनेको मदनपोखराका किसान चुरामणि न्यौपानेले बताउनुभयो ।

 अहिले पाल्पा मदनपोखराका झन्डै १०० भन्दा बढी किसानले तरकारी खेतीमा आइपिएम प्रविधि प्रयोग गर्न थालेको छन् ।

0 comments

तपाईंको प्रतिकृया